स्वास्थ्यसमाचार /भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उदेश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी दिएको छ। भेरी अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर रावत, मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको जनाएको हो। तीनैजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ। भेरी अस्पतालमा बिहीबार राती कोभिड आइसोलेसनको आइसीयुमा उपचाररत एक…
नर्सिङ
स्वास्थ्यकर्मी कुटपिटको घटना निष्पक्ष छानबिन हुन्छ :मुख्यमन्त्री पोख्रेल
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । बाँकेको भेरी अस्पतालमा गएराति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनामा मुख्यमन्त्रीको नाम मुछिएपछि उनले निष्पक्ष छानबिन गरिने बताएका हुन् । बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । शुक्रबार बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनेछ ।’ घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३…
सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने
स्वास्थ्यसमाचार / बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए । मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु…
भेरी अस्पतालमा आक्रमण :भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स
स्वास्थ्यसमाचार/कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको…
नेपाललाई कोभ्याक्सको पत्र कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्नु
स्वास्थ्यसमाचार / भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्यासले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ। कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकसोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह…
कोरोना ठीक भएपछि पनि यी कुरामा ध्यान दिनुहोस
काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’ तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन। कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ। चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको…
१५ सय बढी स्वास्थ्यका कर्मचारीको समायोजन मिलान
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ। समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।
धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल
डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…
लुम्बिनी प्रादेशिक अस्पतालमा २३ सय५० ले लगाए कोरोना बिरुद्धको खोप
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल कोरोना बिरुद्धको खोप २३ सय ५० जनाले लगाएका छन।अस्पतालमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २३ सय ५० ले लगाएका हुन। भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।लुम्बिनी प्रादेशिक अस्पतालका कम्युनिटी नर्सिड निरिक्षक कमला हमाल मल्ल दिएको जानकारी अनुसार चिकित्सक स्वास्थ्यकर्मि १५सय २७ जना अस्पतालमा कार्यरत अन्य कर्मचारी ४सय ७२ जना स्वयसेबिका ३ सय१७ एम्बुलेन्सचालक ८ जना र सुरक्षाकर्मि २६ जना रहेको वताईन । अस्पतालमा प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप २सय ३५भाईल खेरजाने दर शुन्य…
लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले मनाए ५९औं वार्षिक उत्सव
स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ बुटबल ईकाई तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले ५९औं वार्षिक उत्सव दिवस फ्लोरेंस नाइटेंगल तस्वीरमा माल्यापर्ण गरेर यो दिवस मनाएका छन। सधै फरक तरिकाले मनाउने नर्सिड हरुले कोरोनाको कहरका बिच अरु कार्यक्रम नगरि औपचारीक रुपमा मात्र यो दिबस मनाएका हुन।नेपालमा २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्। तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन्। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा तुइतुईले…