स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र बुष्ट प्रालिद्धारा सञ्चालित ‘सुलभ फार्मेसी’ को सञ्चालनमा अवरोध पुर्याउने, औषधि आपूर्तिमा बाधा सिर्जना गर्ने र भ्रमपूर्ण प्रचारप्रसार गर्नेहरूका विरुद्ध कडा कदम चालिने चेतावनी दिएको छ।
नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही सीमित व्यवसायी र बिचौलियाहरूको निहित स्वार्थका लागि नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति सह्य नहुने स्पष्ट पारेको छ। नगरप्रमुख सुलभ फार्मेसीमा अवरोध गर्नेलाई कारबाही गर्ने तिलोत्तमाको चेतावनीरामकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा नेपाल औषधि व्यवसायी संघ रूपन्देही शाखाको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका क्रममा नगरप्रमुखलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्ति तथ्यहीन, भ्रमपूर्ण र गैरजिम्मेवारपूर्ण रहेको नगरको ठहर छ। संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नागरिकलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा तथा औषधि उपलब्ध गराउनु नगरपालिकाको सामाजिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ।
तर, बुष्ट प्रालिद्धारा संञ्चालित सुलभ फार्मेसी सञ्चालन भएपछि केही औषधि व्यवसायीहरूले यसमा असहमत जनाउँदै औषधिको नियमित आपूर्तिमा अवरोध सिर्जना गरी सेवा प्रवाह प्रभावित पार्ने प्रयास गरिरहेको पालिका द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।
गत बैसाख १६ गते देखि नगरपालिकाले आफनो कार्यक्रममा अन्तरगत सुलभ फार्मेसी संञ्चालन गर्दे आएको छ ।
पालिका द्धारा जारी बिज्ञेप्ती




प्रतिकया दिनुहोस्