बुटवल: “बा–आमा संग नगरप्रमुख” कार्यक्रम प्रभावकारी, १,७८४ जनाले सेवा लिए

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको लगानी तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरसँगको समन्वयमा सञ्चालन गरिएको ६० वर्षमाथिका जेष्ठ नागरिकका लागि निःशुल्क प्रयोगशाला परीक्षण सेवा प्रभावकारी रूपमा सम्पन्न भएको छ।

स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको उक्त सेवाबाट १,०३७ जना जेष्ठ नागरिकले प्रयोगशाला परीक्षण सेवा लिएका छन्। सेवा लिनेहरू बुटवल उपमहानगरपालिकाका वडा नं. ८ देखि १९ सम्मका रहेका छन्।

यसैगरी “बा–आमासँग नगरप्रमुख” स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम अन्तर्गत वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको वडा स्तरीय शिविरबाट थप ७४७ जना जेष्ठ नागरिक लाभान्वित भएका छन्। उक्त कार्यक्रम वडा नं. १२ देखि १९ सम्म सञ्चालन गरिएको थियो।

नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा उल्लेख्य सहभागिताले नागरिकमा स्वास्थ्यप्रति बढ्दो सचेतना देखिएको स्वास्थ्य शाखाले जनाएको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :