स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले डा. ओजस्वी शेरचनलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा चयन गरेको छ। यससँगै संघीय संसद अन्तर्गतको महत्वपूर्ण समितिको नेतृत्व पहिलोपटक स्वास्थ्यकर्मीको हातमा जाने निश्चित भएको छ।
डा. शेरचनको चयनसँगै स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने नीति निर्माण र अनुगमन कार्यमा व्यावहारिक अनुभव भएका व्यक्तिको नेतृत्व रहने अपेक्षा गरिएको छ। लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय रहँदै आएका उनी स्वास्थ्य नीतिमा सुधार, सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा भूमिका खेल्ने विश्वास गरिएको छ।
विशेषगरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधि जस्ता संवेदनशील तथा रणनीतिक क्षेत्रलाई समेट्ने यस समितिमा स्वास्थ्यकर्मीको नेतृत्व आउनुलाई सकारात्मक कदमका रूपमा हेरिएको छ। यसले स्वास्थ्य क्षेत्रका समस्या समाधानमा नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकया दिनुहोस्