स्वास्थ्यसमाचार/विश्व क्षयरोग दिवस २०२६ को अवसरमा स्वास्थ्य कार्यालय रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा, बीएनएमटी नेपाल (BNMT Nepal) को प्राविधिक सहयोग तथा CRITIC परियोजनाअन्तर्गत स्वास्थ्यकर्मीहरूका लागि क्षयरोग (टीबी) स्क्रिनिङ तथा ल्याटेन्ट टीबी परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा १०३ जना स्वास्थ्यकर्मीहरूको टीबी तथा ल्याटेन्ट टीबी परीक्षण गरिएको थियो। कार्यक्रममा अस्पतालका टीबी फोकल पर्सन बिरोध पाण्डेले ल्याटेन्ट टीबी परीक्षणको महत्त्व र स्वास्थ्यकर्मीहरूमा टीबी संक्रमणको उच्च जोखिमबारे बारे जानकारी गराउनु भयो।
त्यसैगरी, बीएनएमटी नेपालका परियोजना संयोजक गोविन्द माझीले संस्थाले लुम्बिनी प्रदेशका ९ जिल्लामा सक्रिय रूपमा टीबी बिरामी खोजी कार्यक्रम सञ्चालन गरिरहेको गराउनु भयो। उहाँले विशेषगरी रुपन्देही र पश्चिम नवलपरासीमा CRITIC परियोजनामार्फत ल्याटेन्ट टीबी परीक्षण कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी गराउनु भयो।
विश्व टीबी दिवस २०२६ को सन्दर्भमा स्वास्थ्यकर्मीहरूमा गरिएको यस्तो स्क्रिनिङ तथा ल्याटेन्ट टीबी परीक्षणले रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
साथै, यसले सन् २०५० सम्म टीबीमुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको पान्डेले बताउनु भयो।


प्रतिकया दिनुहोस्