नवलपरासी पश्चिममा एचपिभी खोप अभियान उत्साहजनक शुभारम्भ

"३ हजार ७ सय ५५ जना किशोरीलाई माघ २५ देखि २८ गतेसम्म HPV खोप लगाइने"

स्वास्थ्यसमाचार/ महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि नवलपरासी पश्चिम जिल्लामा एचपिभी (HPV) खोप अभियान आजवाट  सुरु भएको छ।

यस अभियान अन्तर्गत कुल ३,७५५ लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत १,९१० र विद्यालय बाहिरका १० वर्षका १५ जना गरी जम्मा १,९२५ किशोरीलाई खोप प्रदान गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले यस अभियानलाई प्रभावकारी बनाउन विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी काम गरिरहेको बताए। अभियान यहि माघ २८ गतेसम्म सञ्चालन स्वास्थ्य कार्यलय नबलपरासीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :