स्वास्थ्यसमाचार/ रुपन्देही क्रसबोर्डर क्षेत्रमा कार्यरत सरोकारवालाहरु लाई क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।बिएनएमटी नेपालको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको समन्वयमा भैरहवामा क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा वोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीले जिल्लाको अबस्था संख्या भैरहेको काम र क्षयरोग रोकथाम तथा सचेतना अपनाउनु पर्ने कुराको जानकारी गराउनु भयो ।
कार्यक्रममा भैरहवा भन्सारका निमित्त प्रमख सन्तोष कुमार न्यौपाने बिएनएमटी नेपाल रुपन्देहीका जिल्ला कोअर्डिनेटर सुभाष दवाडी लगायतले वोल्दै क्रसवोडरमा गरिरहेको कामको बारे जानकारी गराउनु भयो ।
दवाडीले भारतमा काम गरेर ६ महिनामा नेपाल फर्केका नेपालीको हरुलाई परिक्षण तथा रुपन्देहीका १६ पालिकामा पनि परिवारमा संकालागेका परिक्षण लगायका कार्यहरु गरिहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमख उमा देवी थापाले “जिल्लामा क्षयरोग भेटिने दर घट्दो क्रममा छ। तर सीमा क्षेत्रमा अझै जोखिम उच्च छ। समयमै पहिचान र उपचार हुन सके व्यक्तिको ज्यान जोगाउन सकिन्न वताउनु भयो ।” उहाँले सबैको सहकार्य आवश्यकता रहेको समेत बताउनु भयो ।
अन्तरक्रियामा नाकामा कार्यरत बिभिन्न सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रममा स्वास्थ्य शाखा सिद्धार्थनगरका सञ्चालन बिजय चौधरी गर्नु भएको थियो ।


प्रतिकया दिनुहोस्