जेनजी रुपन्देहीको पहल: आन्दोलनमा घाइते सबैको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क

स्वास्थ्यसमाचार/जेनजी रुपन्देहीको पहलमा हाल चलिरहेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा हुने भएको छ ।

जेनजी रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच भएको सहमतिअनुसार आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक उपचार तत्काल उपलब्ध गराइनेछ । अस्पताल प्रशासनले निःशुल्क उपचारका लागि विशेष व्यवस्था मिलाएको र यसबारेमा सबै घाइते तथा उनका परिवारलाई अस्पताल पुगेर सेवा लिन आग्रह गरिएको छ।

आपतकालीन अवस्थामा सहयोगका लागि अस्पतालका मेसु डा इन्द्र ढकाललाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । कुनै पनि आकस्मिक परिस्थितिमा घाइते तथा उनका परिवारले डा. ढकाललाई ९८५७०३५४४४ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । यस नम्बरमार्फत तुरुन्तै आवश्यक उपचार र अन्य प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

सोहि अस्पतालका मेसु ईन्द्र ढकालका अनुसार अहिले सम्म लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा लिन आएकाको संख्या अहिले सम्म १४ जना रहेको छ एक जनाको अप्रेशन भई भर्ना भएको बताए । ढकालले भने अन्य घाइतेहरु बाहिरी नीजि स्वास्थ्य संस्थामा उपचार गराइरहेको कुरा सुन्नमा आएको हुदाँ सम्पूर्ण घाइतेहरुलाई अस्पतालमा आई निशुल्क सेवा लिन अपिल गरेका छन घाइतेहरुलाई पहिलो प्राथमिकतामा राखि सहज रुपमा उपचार गराउने डा। ढकालले बताए ।

जेनजी रुपन्देहीका संयोजक आदित्य आचार्यले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा घाइते भएका सबैलाई अस्पताल पुगेर सेवा लिन आग्रह गरेका छन् ।“हाम्रो आन्दोलनमा घाइते भएका प्रत्येक साथीलाई उपचारको हक सुनिश्चित गर्न यो पहल गरिएको हो । आपतकालीन अवस्थामा उल्लेखित सम्पर्क नम्बरमा फोन गरेर सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ,” संयोजक आचार्यले भनेका छन् ।

आन्दोलनको क्रममा धेरै घाइते भएकाले उनीहरूको उपचारमा आर्थिक तथा व्यवस्थापकीय चुनौती आउने देखिएको थियो । सोही चुनौती समाधान गर्न जेनजी रुपन्देहीले अस्पताल प्रशासनसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षक :