स्वास्थ्यसमाचार/ विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति दिवसको अवसरमा समाज सेवा प्रभाग ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपाल क्षेत्रीय कार्यालय बुटवलले विशाल रक्तदान अभियानको शुभारम्भ गरेको छ ।
उक्त अभियानको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तिमगरले दीप प्रज्वलन गर्नुभयो । कार्यक्रमको प्राविधिक सहयोग रक्त सञ्चार सेवा केन्द्र बुटवल र ब्लड बैंक बुटवल, रुपन्देहीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तिमगरले रक्तदानलाई जीवन दानको रूपमा व्याख्या गर्दै, “आफुले दिएको रगतले अरुलाई पुनः जीवन दिन सकिन्छ, त्यसैले यस्तो पुण्य कार्यमा सबैले जोडिनु आवश्यक वताउनु भयो ।
बह्मकुमारी ईश्वरीय विश्वविद्यालय की सहनिर्देशक कमला दिदीले भदौ ६, ७, ८ र ९ गते ४ दिने रक्तदान कार्यक्रम हुने र अभियानमार्फत १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको वताउनु भयो ।
लुम्बिनी प्रदेशका सभाषद तथा पुर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री नेपाल रेडक्रस सोसाइटीका मन्त्री टेक बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।
प्रतिकया दिनुहोस्