स्वास्थ्यसमाचार/ कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पको डसाइबाट १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो ।
घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो ।
त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।
प्रतिकया दिनुहोस्