आयुर्वेद चिकित्सक संघद्वारा चिकित्सक आन्दोलनप्रति ऐक्यबद्धता

स्वास्थ्यसमाचार / उपभोक्ता संरक्षण ऐनअन्तर्गत अस्पताल र चिकित्सकमाथि भएको फैसलाप्रति नेपाल मेडिकल एसोसिएसन (NMA) ले चालेको आन्दोलनलाई समर्थन जनाउँदै नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) ले ऐक्यबद्धता जनाएको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २१(२) र चिकित्सा सेवा सम्बन्धी मुद्दामा हालै आएको अदालतको फैसलाले समग्र स्वास्थ्य सेवा क्षेत्रमा प्रतिकूल असर पार्ने चेतावनी दिएको छ।

संघका अनुसार, स्वास्थ्यमाथिको विश्वास र सम्बन्ध कमजोर बनाउने खालका कानुनी निर्णयहरू भविष्यमा गम्भीर समस्याको कारण बन्न सक्छन्। प्रेस विज्ञप्तिमा भनिएको छ, “चिकित्सा व्यवसायप्रति जनताको भरोसा घटाउने, चिकित्सकहरूलाई मनोबल कमजोर बनाउने तथा सेवामा असहजता सिर्जना गर्ने खालको फैसला चिकित्सा सेवा क्षेत्रका लागि आपत्तिजनक छ।”

संघले न्यायिक निर्णय गर्दा चिकित्सा सेवा क्षेत्रका विशिष्टता र जटिलतालाई मध्यनजर गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, सम्बन्धित निकायहरूलाई तुरुन्त संवाद र समाधानको बाटो अपनाउन पनि संघले आग्रह गरेको छ।

संघका महासचिव डा. कोपिला अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ, “स्वास्थ्य सेवामा गुणस्तर कायम राख्न चिकित्सकहरूको मनोबल उच्च राख्नु जरुरी छ। कानुनी तथा नीतिगत तहमा संवेदनशील र सन्तुलित दृष्टिकोण आवश्यक छ।”

अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । चिकित्सकहरु बिगत केहि दिन देखी अस्पतालको ओपिडी समेत बन्द गरेर आन्दोलनमा उत्रेका छन ।

विज्ञप्ति

 

सम्बन्धित शिर्षक :