स्वास्थ्यसमाचार/गीता थापालाई दस वर्षअघि देखिनै कब्जियत, ग्यास्ट्रिक र वाथको समस्या थियो। औषधि खाएपछि केही दिन ठिक लाग्थ्यो, फेरि समस्या दोहोरिन्थ्यो । निजी क्लिनिक धाउँदा–धाउँदै थाकिसकेकी थापाले अब त शरीरको भाग्य यही हो भनेर स्वीकार्नै थालिसकेकी थिइन् । तर, दुई वर्षअघि छिमेकीले भने, “गीता दिदी, बुटवल–१२ मा अहिले आयुर्वेद औषधि निःशुल्क पाइन्छ रे। गएर हेर्नुस त।”
त्यसपछि उनी पहिलोपटक शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पुगिन्। त्यहाँ आयुर्वेद शाखाका कबिराज यमलाल भुसालले उनलाई स्वधेन सेवा, त्रिफला चूर्ण र सताबरी प्रयोग गर्न सुझाए । ‘अब नियमित रूपमा मासिक चेकजाँच गर्न जान्छु,” गीता थापा भन्छिन्, “आफूलाई सजिलो भयो। औषधि पनि निःशुल्क पाइन्छ, सेवा पनि सजिलो छ । ’
यो एउटा उदाहरण मात्रै हो । बर्षौ देखि एलोप्यथैक औषधी सेवन गरेर निको नभएका मानिसहरु विस्तारै आर्युेदेक उपचारमा लाग्दै आएका छन् । बुटवल उपमहानगरपालिकाले पनि आयुर्वेदिक उपचार पद्धतिमा विशेष जोड दिदै आएको छ । नगरपालिकाले व्यवस्थापन गरेको बुटबल १२ शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र मा जेष्ठ नागरिकलाई बलबद्रक औषधी असुगन्धा चूर्ण निशुल्क प्रदान गर्दै आएको छ । स्तनपाई आमाहरुलाई सताबरी चूर्ण निशुल्क प्रदान गर्दै आएको छ ।
यस्तै आयुर्वेद संग सम्बन्धीत ८ प्रकारका औषधी निशुल्क रुपमा उपलब्ध गराउँदै आएको हो । अभिपत्तीकर चूर्ण, त्रिफलाचूर्ण सितोपलादी चूर्ण महानारयण तेल कस्तुरी भुषण लगायतका औषधी निशुल्क प्रदान गरेको हो ।
उक्त शहरी स्वाथ्य प्रर्वद्धन केन्द्रबाट बर्षमा १ हजार ९८५ जनाले निःशुल्क रुपमा सेवा लिएका छन् । महिला १२२३ पुरुष६६२ रहेका छन् । उक्त केन्द्रमा मासिक १५० भन्दा बढि विरामी उपचारको लागि आउने गरेका छन् । ग्यास्टिक वाथ अम्लपित्त दम कब्जियत का विरामीहरु अधिकांस लामो समय देखि एलोपेथिक उपचारमा लागेकाहरु निको नभएपछि उपचारका लागि आउने गरेका छन् ।
सेवामा पंञ्चकर्म सेवा अन्तरगत स्वधेन सेवा सञ्चालनमा रहेको छ । नगरपालिकाले वार्षिक २२ लाख बजेट बिनियोजन गरेर निःशुल्क औषधी र योगा सञ्चालन भैरहेको छ । बुटबल नगरपालिका जनस्वास्थ्य शाखा अन्तगत रहेको आयुर्वेद शाखाका कबिराज निरीक्षक यमलाल भुसाल भन्नुहुन्छ –‘हामीले आयुर्वेद मार्फत दिर्घरोगीहरुको उपचार गरिरहेका छौ लामो समय सम्म अरु औषधीले सन्चो भएपछि बल्ल आयुर्वेदमा आउने चलन छ ।’ उहाँले बिगतका बर्षहरुमा भन्दा अहिले आयुर्वेदको महत्व बुझेर होला बिरामीको चाप बढदै गएको छ । उपचार सेवा पनि सहज र बिस्तार गर्दे गइरहेको उहाले बताउनु भयो ।
बुटबल उपमहानगरपालिका नगरप्रमुख खेलराज पान्डे भन्नुहुन्छ –‘हामीले आधुनिक चिकित्सा मात्र होइन, परम्परागत र बैकल्पिक चिकित्सा प्रणालीलाई पनि बुटबलका नागरिकसम्म पु¥याउने काम गरेका छौं । स्वस्थ जीवनशैलीका लागि योग, प्राणायाम, सन्तुलित आहार र आयुर्वेदिक सेवा अनिवार्य बनाउँदै गएका छौं’’ –‘स्वास्थ्य क्षेत्रमा वैकल्पिक उपचार पद्धतिलाई पनि प्राथमिकतामा राखेका छौं। योग, आयुर्वेद र प्राकृतिक चिकित्सा प्रणालीलाई समुदायसम्म पु’याउन प्रयासरत छौं।”
बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रममानै आयुर्वेद औषधालय स्थापना र सुदृढीकरण नगरका विभिन्न स्थानहरूमा आयुर्वेद औषधालय स्थापना र सञ्चालनको कुरा उल्लेख गरेको छ ।यस्तै मौसमी रोग नियन्त्रणमा जडिबुटी र आयुर्वेदिक उपचारको प्रवद्र्धन।योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम सार्वजनिक स्थानमा खुला व्यायामशाला निर्माण।विद्यालय र समुदाय स्तरमा नियमित योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पोषण र आयुर्वेदिक जडिबुटी वितरणजेष्ठ नागरिक, गर्भवती महिला, स्तनपान गराइरहेका आमाहरूलाई आयुर्वेदिक पोषण सामग्री वितरण रोग प्रतिरोधात्मक क्षमता बढाउने घरेलु जडिबुटीहरूको प्रयोगमा जोड दिदै आएको छ ।
जनचेतना तथा शिक्षा कार्यक्रम आयुर्वेद र योगको महत्वबारे जनचेतनामूलक कार्यक्रम।स्वस्थ जीवनशैलीका लागि आयुर्वेद भन्ने नारा सहित सामुदायिक गतिविधिहरू समेटिएको छन् ।
प्रतिकया दिनुहोस्