स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने अनुमान गरिएको छ ।
बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
उपप्रमुख चौधरीले स्वास्थ्यमा ९९ करोड ४२ लाख ५२ हजार ५ सय ८२ बिनियोजन गरेको बताउनु भयो । उहाले तिलोत्तमा नगरपालिकालाई स्वस्थ्य नागरिक समृद्ध तिलोत्तमा नगर बनाउदै नगरबासीको स्वास्थ्य सेवामा सहज, सरल पहँुच पुयाउनको लागि विभिन्न सुधारोन्मुख एवंम अभियानात्मक योजना संचालन गरिने छ।
आनन्दवन नगर अस्पताल,सेमराबजार स्वास्थ्य चौकीलाई मातृ अस्पताल, वातानुकुलित खोप केन्द्र, अशक्त र विपन्नलाई स्वस्थ्य बीमा, गर्भवती पोषण कार्यक्रम लगायतका महत्वपूर्ण योजनाका लागि बजेट विनियोजन गरेको छु ।
विपन्न तथा अशक्त घरपरिवारको लागि तिलोत्तमा नगरपालिकाभित्र रहेका स्थानिय शवदाहस्थलमा दाहसंस्कार गर्न जाँदा प्रयोगहुने सवारी साधन नगरपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराउन आवश्यक बजेटको प्रबन्ध गरेको छु।
समग्रमा सामाजिक विकास क्षेत्रमा ९९ करोड ४२ लाख ५२ हजार ५ सय ८२ बिनियोजन गरेको छु ।
प्रतिकया दिनुहोस्