स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।
रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।
घोषणा कार्यक्रममा वोल्दै स्वास्थ्यमन्त्री खेम सारु मगरले नागरिकलाई स्वस्थ बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउदै पछिल्लो समय नसर्ने रोग भयावह रुपमा अघि बढेको सचेतना अभियान अगाडि बढाउन प्रदेश सरकार लागेको वताउनु भयो ।
मन्त्री सारुले राज्यले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको वताउनु भयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको पुर्याएको योगदानको प्रशंसा गदै सेवा सुविधा बढाउने तयारी सरकारले गरिरहेको समेत बताउनु भयो ।स्वास्थ्यमन्त्री सारुले राजनीतिक अस्थिरताका कारण दुई ठूला दल मिलेर सरकार बनेको समेत बताउनु भयो ।
कार्यक्रममा जिल्ला खोप समन्य समितका सचिब तथा स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जिल्लामा १५ महिना मुनिका १५ हजार ९ सय ५२ जना बालबालिका, १६ देखि ५९ महिना मुनिका ५७ हजार ८ सय ५२ जना बालबालिका, घरधुरी सर्वेक्षणबाट पाइएका १६ देखि ५९ महिना मुनिका छुटेका ४ सय ४४ जना र अन्य छुटेका ११ जनालाई पूर्ण खोप सुनिश्चितता गरिएको वताउनु भयो ।
“यद्यपि सङ्घीयता पहिलेको अवस्थामा ६९ वटा गा.वि.स. र २ नगरपालिकालाई मिति २०७०/११/ १४ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो, अहिले फेरी सबै बालबालिकाहरूले नियमानुसार लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पुरा गरी पूर्ण खोप सुनिश्चित गरिएको छ ।”
ज्ञवालीले भन्नु भयोे “त्यस यता पनि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता कायम गरिएको र कार्यालय दिगोपनाको निरन्तरताको लागि प्रतिबद्ध रहेको वताउनु भयो । हाल रुपन्देही जिल्लामा १६ वटै स्थानीय तह अन्तर्गतका खोप केन्द्र वाट हरेक महिना ३८९ खोप केन्द्रहरू मार्फत निरन्तर खोप सेवा प्रदान गरिँदै आइरहेको उहाँले बताउनु भयो ।
ज्ञवालीले जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्म आइपुग्न विभिन्न प्रक्रिया र चरणहरू पार गरिएको समेत बताउनु भयो । २०८१ माघ महिना देखि नै स्वास्थ्यकर्मीहरू अहोरात्र परिचालित भई घरधुरी सर्वेक्षणमा हरेक घरमा पुगी लाइनलिस्टिङ गरी खोप लगाउन छुट भएका र खोपको कुनै पनि मात्रा नलगाएका शून्य डोजका बालबालिकाहरूको पहिचान गरेको ज्ञवालीले बताउनु भयो ।
हाल नेपालभर १३ प्रकारका रोगहरू ( क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, स्ट्रेप्टोकोकस निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस वी, मेनिन्जाइटिस, दादुरा, रुवेला, जापानिज ईन्सेफ्लाइटिस र टाइफाइड) विरुद्ध खोपहरू १५ महिना उमेर सम्ममा प्रदान गरिँदै आएको छ । यस्तै गर्भवती महिलाहरूको लागि २ वटा रोगहरू (धनुष्टङ्कार र भ्यागुते रोग) विरुद्ध खोप दिइँदै आएको छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे स्वास्थ्य निर्देशनालय लुम्बिनीका स्वास्थ्य शिक्षा प्रशासक नेत्र लाल अर्याल सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमख बुद्धि ब घर्ती, सिद्धार्थ नगरपालिका वडा नं ६का स्वयमसेबिका कमला कार्की लगायतले बोल्नु भएको थियो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईको अध्यक्षता स्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी स्वागत र स्वास्थ्य कार्यलय रुपन्देहीका टेक्निसियन अधिकृत खिमलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आर्चाय ,आत्रेय र गौतमलाई सम्मान
रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दे प्रदेश आपूर्ति केन्द्रका कोलचेन्न अधिकृत हरि आर्चाय मायादेबि गाउँ पालिका जनस्वास्थ्य निरीक्षक भाष्कर आत्रेय र कञ्चन गाउँपालिका निवर्तमान प्रमख राम प्रसाद गौतमलाई सम्मान गरिएको थियो । तिनै जनालाई स्वास्थ्यमन्त्री खेम सारुले सम्मान गर्नु भएको थियो ।
अधिकारी, पान्डे र अर्याल उत्कृष्ट कर्मचारीलाई घोषण तथा सम्मान
रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारी घोषणा तथा सम्मान गरिएको छ ।
उत्कृष्ठ कर्मचारीमा क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी, ल्याव टेक्निसियन अधिकृत खिमलाल पान्डे र नर्सिङ अधिकृत ईसा अर्याल रहनु भएको छ । उहाँहरुलाई स्वास्थ्य मन्त्री तथा जिल्ला खोप समन्य समितका अध्यक्ष तथा सचिबले सम्मान गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्