स्वास्थ्य बिमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

बीमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि मेडिकल अधिकृत माग गरिएको हो । यसका लागि एमबीबीएस गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुभएका डाक्टरहरूले आवेदन दिन पाउनुहुनेछ ।

योग्यता पुगोक इच्छुकले पहिलोपटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्ने बताइएको छ ।

सम्बन्धित शिर्षक :