स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आइतवार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्य योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित राख्न नहुने बताउनु भयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति-निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताउनु भयो ।

यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाई क्रमशः एउटै छानामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित  र नागरिक मैत्री बनाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित नराखी, यसलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक छ । यस कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति-निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य छ ।

यसका लागि, मन्त्रालयको तर्फबाट-सम्माननीय प्रधानमन्त्रीज्यू तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिनेछ । यसरी छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाई क्रमशः एउटै छानामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित  र नागरिक मैत्री बनाइनेछ ।’

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा डीपार्चार चाहिएको र त्यो बीमाको दिगो व्यवस्थापन र विस्तारबाट नै सम्भव रहेको जिकिर गर्नुभयो । उहाँले सरकारले “सबैका लागि-सधैंका लागि स्वास्थ्य बीमा” भन्ने मूल उद्देश्यका साथ हामीले यस कार्यक्रमलाई विस्तार गर्न चाहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको स्वास्थ्यसम्बन्धी संवैधानिक दायित्व पूरा गर्ने तथा आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य बीमा कार्यक्रम एउटा महत्वपूर्ण प्रस्थान विन्दु रहेको जिकिर गर्नुभयो । आम नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न आजको सबैभन्दा उत्तम विकल्प स्वास्थ्य बीमा कार्यक्रम नै भएको बताउनु भयो । कुनैपनि नेपाली नागरिकले ढुक्कसँग उपचार गराउन पुग्नेगरी स्वास्थ्य बीमाको दायरा बिस्तार गर्ने सरकारको तयारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ स्वास्थ्य क्षेत्रमा डीपार्चार चाहिएको छ र त्यो बीमाको दिगो व्यवस्थापन र विस्तारबाट नै सम्भव छ । यसका लागि  “सबैका लागि -सधैंका लागि स्वास्थ्य बीमा” भन्ने मूल उद्देश्यका साथ हामीले यस कार्यक्रमलाई विस्तार गर्न चाहेको उपस्थित सबैमा अनुरोध गर्न चाहन्छौं । यति मात्र होइन, नेपालको स्वास्थ्यसम्बन्धी संवैधानिक दायित्व पूरा गर्ने तथा आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य बीमा कार्यक्रम एउटा महत्वपूर्ण प्रस्थान विन्दु हो ।

यसैको जगमा टेकेर विश्वव्यापी मान्यताको स्वास्थ्यमा सर्वव्यापी पहुँच स्थापित गर्न र दिगो विकासको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने खुड्किलोका रूपमा यसलाई हामीले अघि बढाउन खोजेका छौं । त्यसैले हामी सबैमा पुनः आग्रह गर्न चाहन्छौ- आम नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न आजको सबै भन्दा उत्तम विकल्प स्वास्थ्य बीमा कार्यक्रम हो । यसका लागि  कुनैपनि नेपाली नागरिकले ढुक्कसँग उपचार गराउन पुग्ने गरी स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने हाम्रो तयारी छ ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीमा जोडिएर गरिने औषधि उपचार लगायतका धेरै जसो कार्य डिजिटल मध्यमबाट गरिँदै आएको बताउँदै अब यसलाई अधिकतम रुपमा विकास गरी पूर्णतया डिजिटल मध्यमबाट हुनेगरी विकास गर्ने योजना रहेको बताउनु भयो । जसले औषधि उपचारका क्रममा लाग्ने सबै खर्च र प्रक्रियाहरूको बारेमा ट्रयाक राख्ने र कुनै प्रकारको  फेक क्लेम तथा अनियमितता हुन नदिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित शिर्षक :