स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सेकेन्डरी अस्पताल ‘ए’का अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार प्रदेशका सेकेन्डरी अस्पताल ‘ए’लेवलका अस्पतालको प्रशासन,व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको थियो ।
मूल्यांकनमा बर्दिया जिल्ला अस्पताल पहिलो भएको छ । भने भिम अस्पताल भैरहवा र अर्घाखाँची अस्पताल दोश्रो भएको छन । यस पटक गुल्मी जिल्ला अस्पताल तेश्रो भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत एबं एमएसएस फोकल पर्सन अस्मिता नेपालले बताउनु भयो ।
त्यस्तै एम एस एस अफिसर सन्देश पौडेलले बिभिन्न मापदन्डलाईलाई आधार मानेर मूल्याङ्कनबाट उक्त नतिजा आएको बताउनु भयो ।
न्यूनतम सेवा मापदण्डले निर्धारित सेवा दिने असामान्यता १५ देखि ५० शय्यासम्मका अस्पताललाई प्राइमरी अस्पताल अस्पतालका रुपमा परिभाषित गरिएको छ। सो किसिमको अस्पताल १०० शय्यासम्म हुनसक्ने उल्लेख छ। यस तहका अस्पतालको प्रभाव क्षेत्र १० हजारदेखि माथिको जनसंख्या भएमा सिइओएनसी सेवा ती अस्पतालहरुमा हुनेछ।
यी अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बाल रोग तथा दन्त सेवा दिइने छ। जसमा २४सै घन्टा आकस्मिक सेवासहित एक्सरे, इसिजी सुविधा हुनेछ।
स्थानीय सरकारको मातहतमा रहने यी अस्पतालमा सरकारका जनस्वास्थ्य कार्यक्रमहरु खोप, पोषण कार्यक्रम, डट्स सेवा, सुरक्षित गर्भपतन सेवा, एआरटी, एएनसी पिएनसी र परिवार नियोजन सेवा पनि उपलब्ध हुनेछ।
प्रतिकया दिनुहोस्