ग्यास्ट्रो सेन्टर बुटवलमा पहिलो पटक PTBD सेवाः बिरामीलाई उपचारमा सहजता

स्वास्थ्यसमाचार  /गुणस्तरीय तथा विश्वासनीय चिकित्सकीय सेवा प्रदान गर्दै आएको ग्यास्ट्रो सेन्टर बुटवल प्रा. लि. अन्तर्गतको रेडियोलोजी विभागले यस क्षेत्रमा  पहिलो पटक PTBD (-Percutaneous Transhepatic Biliary Drainage) सेवा सुरु गरिएको छ ।

यो सेवा रेडियोलोजिस्ट डा. बिष्णु पौडेल र डा. कबिराज भुसालको नेतृत्वमा सफलतापूर्वक सुरू गरिएको हो। दाङ निवासी ५२ वर्षीय पुरुष बिरामीमा पहिलो पटक यो प्रक्रिया गरिएको छ। सफल उपचारपछि ग्यास्ट्रो सेन्टर बुटवलको रेडियोलोजी विभागले Interventional Radiology सेवाको दायरा फराकिलो बनाएको छ।

PTBD के हो र किन आवश्यक छ ?

PTBD एक अत्याधुनिक चिकित्सा प्रविधि हो, जसले विभिन्न कारणले पित्तनली (bile duct) अवरुद्ध भएका बिरामीहरूलाई राहत दिन मद्दत गर्छ। पित्तनली अवरुद्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आउन सक्छ, जसको समाधानका लागि कलेजोको सूक्ष्म पित्तनलीमा पाइप हालेर पित्तलाई बाहिर निकाल्ने विधिलाई PTBD भनिन्छ।

यो प्रक्रिया निम्न अवस्थाहरूमा गरिन्छः

पित्तनलीको क्यान्सर (Cholangio carcinoma)प्यान्क्रियाजको क्यान्सर (ERCP)गर्न नमिल्ने अवस्थामा)पित्तनली साँघुरिएको अवस्था (Stricture)पित्तनलीमा पत्थरी (Choledocholithiasis)भएको अबस्थामा गरिन्छ ।

बिरामीलाई फाइदा

यसअघि PTBD सेवाका लागि बिरामीहरू काठमाडौँ, चितवन, वा भारतसम्म जान बाध्य हुन्थे। अब भने, बुटवलमै यो सेवा उपलब्ध भएपछि बिरामीहरूलाई ठूलो राहत हुने भएको छ। समयमै उपचार नपाउँदा धेरै बिरामी गम्भीर स्वास्थ्य जटिलतामा फस्ने गर्थे, तर अब ग्यास्ट्रो सेन्टर बुटवलको नयाँ प्रविधि र विशेषज्ञ सेवाका कारण यस्तो समस्या न्यूनीकरण हुने विश्वास गरिएको छ।

रेडियोलोजिस्ट डा. बिष्णु पौडेलका अनुसार, “PTBD एक संवेदनशील प्रक्रिया हो, जसमा बिरामीलाई पूर्ण रूपमा होशमै राखेर गरिन्छ। हामीले यो सेवा सफलतापूर्वक सुरू गरिसकेका छौँ, र भविष्यमा थप Interventional Radiology सेवाहरू ल्याउने योजनामा छौँ” उहाले भन्नु भयो ।

सम्बन्धित शिर्षक :