कपिलवस्तुका ४४ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

स्वास्थ्यसमाचार /कपिलवस्तुका ४४ बढी हजार किशोरीलाई एचपिभी खोप लगाइँदै छ । यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले वताए ।

जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरण अन्तरगत ५ पालिकाका विद्यालयबाट खोप लगाइने छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका यसैगरी विजयनगर र यशोधरा गाँउपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान चलाइने अधिकृत चौधरीले बताए ।

यस्तै, दोस्रो चरणमा माघ २९ देखी फाल्गुण ६ गतेसम्म वाणगंगा, बुद्धभूमि, महाराजगञ्ज नगरपालिका मायादेवी र शुद्धोदन गाँउपालिकामा खोप अभियान चलाइने छ ।जिल्लाका १० वटै पालिकामा रहेका विद्यालयहरूलाई केन्द्र मानि ६ सय ५ वटा विद्यालयबाट खोप लगाइने चौधरीले जानकारी दिए ।

खोप अभियानका लागि जिल्लामा ६ सय ५ स्वास्थ्यकर्मी र १ हजार २ सय १० स्वयमसेवक खटिनेछन् । हरेक विद्यालयमा एक महिला स्वयंसेविका र विद्यालयका एक शिक्षिका खटिनेछन् ।प्रमुख चौधरीले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा ३६ हजार ७ सय ५६ र विद्यालयभन्दा बाहिर रहेका ७ हजार ७ सय १४ जना गरी ४४ हजार ४ सय ७१ जना लाई खोप लगाउन लागिएको जानकारी दिए ।

जसमध्ये लुम्बिनी प्रदेशमा नियमित ६२ हजार ९९४ र अभियानको दुई लाख ३६ हजार ४७७ गरी दुई लाख ९९ हजार ४७१ जना किशोरीलाई खोप लगाइँदै छ । पाठेघरको क्यान्सर विरुद्धको देशव्यापी अभियान अन्तर्गत कपिलवस्तु जिल्लामा पनि उक्त खोप लगाउन थालिएको हो ।

सम्बन्धित शिर्षक :