स्वास्थ्यसमाचार/नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताउनु भएको छ । उहाँले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राख्नु भयो ।
बुटवल हस्पिटल प्रा.लिको स्थलगत अवलोकन गर्दै पुर्व मन्त्री पुनले बिमा का नाममा सरकारी अस्पतालहरूबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताउनु भयो । उहाँले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिनु भयो । उहाँले बुटवलमा बिरामी आएपछि भारतीय शहर देखि राजधानी काठमाडौं जान नपर्ने अवस्थाको श्रृजना गर्नु पर्ने बताउनु भयो ।
सो अवसरमा अस्पतालको बारेमा जानकारी दिर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा भएका विकृतीहरुको अन्त्य गर्दै जनताले सरल सहज ढंगले उपचार पाउनु पर्ने धारणा राख्नु भयो । उहाँले राज्यले स्वास्थ्य संस्थाहरुको अनुगमन समेत समय समयमा गर्नु पर्ने बताउनु भयो ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतको सहभागिता रहेको थियो ।
प्रतिकया दिनुहोस्