दक्ष र सिपयुक्त जनशक्ती उत्पादन आजको आवश्यकताः स्वास्थ्य मन्त्री

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सिपयुक्त र दक्ष जनशक्ति उत्पादन गर्न गुणिय चक्रको अवधारणालाई कार्यान्वयन गर्न सकिने बताउनु भएको छ ।

कपिलवस्तुको बाणगंगा–८ मा भूतपूर्व सैनिक स्कुलमा आयोजित नवौं हव सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री सारुले पछिल्लो समय व्यक्तिवादी सोंच हावी भइरहेको प्रति चिन्ता व्यक्त गर्दै सामुहिक सोंच र विकासको सिद्धान्तलाई अनुसरण गर्न आह्वान गर्नु भयो ।‘विद्यार्थी गूणिय चक्रले सहकार्य र सामुहिकताको अवधारण अवलम्वन गर्दछ ।

विद्यार्थीहरुलाई यो चक्रले प्रेरित गर्दछ’उहाँले भन्नुभयो,‘प्रविधी र सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न गरेर देश विकासमा योग्दान पु¥याउन जरुरी छ ।’ क्वेष्ट नेपालले आगामी कार्तिक २४ देखी २६ गतेसम्म काठमाडौंमा सम्पन्न गर्न गईरहेका १८ औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा कपिलबस्तुको लुम्बिनी हबले शुक्रबार सम्मेलन गरेको छ ।

क्वालिटि कन्ट्रोल सर्कलको अवधारणा नेपाल, भारत, अमेरिका, बेलायत, मोरिसिस, श्रीलङ्का, बाङ्गालादेश लगाएतका देशहरुका विद्यालयहरुमा लागु भएको छ । यो अवधारण लागु गरिरहेका विद्यालयका विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरिने कन्भेन्सन देखि हब कन्भेन्सन, राष्ट्रिय कन्भेन्सन देखि अन्तराष्ट्रिय कन्भेन्सन सम्म सहभागिता हुन पाउने अवसरहरु प्राप्त गर्दछन् ।

विद्यार्थी गूणिय चक्र (स्टुडेन्ट क्वालिटी सर्कल) ६ देखि १० जना विद्यार्थीहरुको समूह (सर्कल) निर्माण गरि आफैसंग सम्वन्धित समस्याहरुको वैज्ञानिक विधिहरुको प्रयोग गरिस सहकार्यमा समस्याको पहिचान गर्ने, यसको कारणहरु केलाउने, यसले पारेको प्रभाव र समस्या समाधानको उपायहरुको विश्लेषण गर्ने एक नवीनतम अनुसन्धनात्मक विधी हो । यस क्रममा विद्यार्थीहरुले समस्या कारण, असर र न्यूनीकरणका उपायहरु पहिचान र कार्यान्वयन गरिरहँदा व्यक्तित्व विकास, सहकार्य, सामुहिक नेतृत्व विकास, समयको परिपालन, सामाजिकीकरण, संचार र समस्या समाधानका सिपहरु हासिल गरिरहेका हुन्छन् ।

सन १९६२ देखि शुरु भएको यो विधी नेपालमा १९९९ हिमालय विद्या मन्दिरबाट भित्रिएको हो । देशमा माग बमोजिमको दक्ष जनशक्ति परिपुर्ति गर्न नसकिरहेको अवस्थामा नेपालबाट विद्यार्थीहरु एसइइ गरेपछि बिदेश पलायन हुनु अहिले चिन्ताको बिषय भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य गिरधरीलाल न्यौपानेले आफ्ना बिगतका पढाइको स्मृती सम्झिनु भएको छ । हिजको अवस्था र आजको परिबेश बेग्लै भएको र निजी विद्यालयप्रतिको धारणामा परिबर्तन भएको बताउनु भयो । त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य यमुना रोका तामाङले विद्यार्थीहरुको क्षमता पहिचानको लागी र आत्म विश्वास जगाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी क्वेष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङ, निवर्तमान अध्यक्ष निराजन अधिकारी, बरिष्ठ उपाध्यक्ष नारद रिजाल, कपिलबस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डे, भूपु सैनिक स्कुलका उपाध्यक्ष लक्ष्मी सारुले शुभकामना मन्तब्य राख्नु भएको थियो । १३ वटा विद्यालय प्रत्यक्ष सहभागी र ४ वटा विद्यालय अवलोकन कर्ताको रुपमा छ सय बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता हब कोअर्डिनेट्र मिलन भण्डारी, स्वागत कन्भेन्र तथा विद्यालयका प्रिन्सिपल डम्बर बहादुर सोमै तथा संचालन विद्यार्थी बिनिता नेपाली र गुराँश पल्ली मगरले गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :