जेनेरिक नाम CAPITAL LETTER मा लेख्न चिकित्सकलाई निर्देशन

स्वास्थ्यसमाचार/ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल, महाराजगञ्जले अस्पतालमा कार्यरत सबै चिकित्सक र शिक्षार्थीहरूलाई औषधि लेख्दा जेनेरिक नाम CAPITAL LETTER मा लेख्ने निर्देशन दिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुभाष प्रसाद आचार्यद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकार तथा डिन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि PRESCRIBE गर्दा GENERIC नाम CAPITAL LETTER मा गर्न जानकारी गराइन्छ।”

निर्देशनअनुसार अब अस्पतालभित्रका चिकित्सकहरूले औषधिको ब्रान्ड नामभन्दा जेनेरिक नाममा मात्र लेख्ने र त्यो पनि ठूला अक्षर (CAPITAL LETTER) मा लेख्नुपर्ने भएको छ।

यो व्यवस्था औषधि प्रणालीलाई पारदर्शी र एकरूप बनाउन तथा बिरामीले सस्तो र सजिलो विकल्प पाउन सकून् भन्ने उद्देश्यले गरिएको बताइएको छ।

सम्बन्धित शिर्षक :