देशभर ८ हजार बढीमा डेंगुको संक्रमण लुम्बिनीमा पाँच सय ५६ जना

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका ८ हजारभन्दा धेरै मानिसमा डेंगुको संक्रमण देखिएको तथ्य बाहिर ल्याएको छ।

महाशाखाका अनुसार पछिल्लो आठ महिनामा देशका ७५ जिल्लामा डेंगुको संक्रमण फैलिएको हो।

महाशाखाले सार्वजनिक गरेको रिपोर्ट अनुसार देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा संक्रमण देखिएको छ। आठ महिनाको अवधिमा डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

तथ्यांक अनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा बढी तीन ३ हजार ८ सय ६३ जनामा संक्रमण फैलिएको छ। गण्डकीको तनहुँ र कास्की जिल्ला बढी प्रभावित छन् । त्यसपछि बागमतीमा दुई हजार ७४ जनामा संक्रमण फैलिएको छ।

यस्तै, कोशी प्रदेशमा ९ सय ४४ जनामा डेंगु संक्रमण भेटिएको छ भने लुम्बिनीमा पाँच सय ५६ मा भेटिएको छ सुदूरपश्चिममा चार सय ६४, मधेस प्रदेशमा एक सय ४० र कर्णालीमा एक सय १८ जना डेंगु संक्रमित भएका छन्।

सम्बन्धित शिर्षक :