स्वास्थ समाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाहरुलाई साबिक बमोजिम हाजिर गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ।
सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ।
समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राखी प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन मन्त्रीस्तरको निर्णयानुसार अनुरोध छ।’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।
प्रतिकया दिनुहोस्