सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेश सरकारलाई झण्डै १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकास्थित विभिन्न संस्थाहरुसंग पहल गरी प्रतिष्ठानलाई प्राप्त भएको स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिन् ।

प्रतिष्ठानले गाउन आइसोलेसन, फेस शिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तेस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरिरहेको र महामारीमा सहयोगी हातहरुले सहयोग गर्दा महामारीसंग जुध्न सकिने बताए ।

हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टले तेस्रो चरणको महामारीसँग जुध्न धनगढी, टिकापुर, कञ्चनपुरमा बालबालिका लक्षित गरी अस्पतालमा बेडहरुको प्रबन्ध भइरहेको र दक्ष जनशक्तिको खाँचो भएको बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले संकटको बेला देशलाई सहयोग पु¥याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताइन् । यस अघि प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।

सम्बन्धित शिर्षक :