रुपन्देहीमा कोरोना निको हुनेदर बढयो आजै ४८३ कोरोना मुक्त

११सय ५५को परिक्षणमा ३०८ थप कोरोना संक्रमित

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टामा अवधिमा ११सय ५५ जनाको कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको भने ४८३ जना कोरोनाबाट मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, देवदह नगरपालिकामा ३७ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, रोहिणी गाउँपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ८सय ४४ पुगेको छ । जसमध्ये २१ हजार ६सय ३५ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ८सय ११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९८ पुगेको छ ।

सम्बन्धित शिर्षक :