नेपाल रेडक्रस गुल्मीका एम्बुलेन्स चालक खत्री माथि कुटपीट

रेशम कुँवर

स्वास्थ्यसमाचार / नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपीट भएको छ । उनलाई रेसुंगा नगरपालिका १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

चालक खत्रीको टाउकोमा गम्भिर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । कुटपीटमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तिव्र पारिएको पाण्डेयले बताए । कोभिड–१९ को महामारीका बेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्स चालकमाथि कुटपीट हुनु निकै निन्दनीय विषय भएकोले अविलम्ब दोषि उपर कारबाही गर्न संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए ।

उनले घटनाको विषयमा संघमा अहिले छलफल भइरहेकाले दोषिलाई कारबाही नभए सोहि अनुसार आन्दोलन गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्टले घटनाको घोर भ्रत्साना गर्दै संलग्नलाई तत्काल कारबाहीको माग गरे । दिनरात कोभिडका बिरामी बोकेर गाउँ, शहर र अस्पताल दौडने एम्बुलेन्स चालकको सुरक्षाका बिषयमा सरकार थप गम्भिर बन्नुपर्ने श्रेष्टको भनाई छ ।

सम्बन्धित शिर्षक :