स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका छन् ।
मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा बोल्दैं उनले यस्तो बताएका हुन् । ‘देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ उनले भने ।
मन्त्री त्रिपाठीले कोभिड–१९ को नयाँ भेरियन्ट संक्रामक र घातक रहेको बताएका छन् । अहिले नेपालमा नयाँ भेरिन्ट द्य।ज्ञ।टज्ञठ।द्द तीब्र रुपमा फैलिरहेको जानकारी दिएका हुन् । ‘नयाँ भेरियन्ट तीब्र रुपमा फैलिएको छ,’ उनले भने, ‘यो निकै संक्रामक र घातक छ ।’
उनकाअनुसार अहिले नेपालमा सक्रिय संक्रमित १ लाख १५ हजार ५ सय ४७ रहेका छन् । जसमध्ये आईसीयु १ हजार ७२१ जना रहेका छन् भने भेन्टिलेटरमा ४८४ जनाको उपचार भइरहेको छ । मन्त्री त्रिपाठीले विगत एक हप्ताको आँकडा हेर्ने हो भने दैनिक औसतमा ८ हजार ३ सय नयाँ कोभिड–१९ संक्रमित थपिइरहेका छन् ।
आवातजावत प्रभावकारी रुपमा नियन्त्रण हुन नसकेको, केही सेवा र कार्यहरु सुचारु रहेका कारण संक्रमणदर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको हो,’ उनले भने, ‘संक्रमण आगामी ४ हप्तापछि घट्दै जान सक्ने देखिन्छ ।’ सरकारले देशभरका सरकारी निजी गरी १५७ अस्पताललाई सूचीकृत कोभिड–१९ को उपचार गरिरहेको छ ।
सरकारले सम्पूर्ण सरकारी र ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीकाअनुसार बैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना दिइएको छ । देशभरका ५५ सरकारी प्रयोगाशालाबाट कोभिड–१९ निःशुल्क परीक्षण हुँदै आएको छ भने ३६ निजी प्रयोगशालाले कोभिड–१९ परीक्षण गरिरहेका छन् ।
मन्त्री त्रिपाठीकाअनुसार अहिले औसत दैनिक २० हजार परीक्षण हुने गरेको छ । संक्रमणलाई निन्त्रणमा ल्याउन स्थानीय तहसँग सहकार्यमा समुदायमा एन्टीजेन परीक्षणलाई तीब्रता दिइएको त्रिपाठीले बताए । यसका कार्यका लागि प्रदेश नं १ मा १ लाख ७५ हजार, प्रदेश नं २ मा २ लाख, बागमती प्रदेशमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनी प्रदेशमा २ लाख, कर्णाली प्रदेशमा १ लाख ५० हजार र सुदूरपश्चिम १ लाख ७५ हजार एन्टीजेन किट पठाइएको छ ।
कोभिड–१९ का भेरियन्टहरुको अनुगमन गर्नका लागि नियमित रुपमा जिन सिक्वेसिङ भइरहेको बताउँदैं मन्त्री त्रिपाठीले यसको प्रमाणीकरणका लागि विदेशस्थित प्रयोगशालासँग सहकार्य गरिएको बताए ।
प्रतिकया दिनुहोस्