तिलोत्तमाले माग्यो आईसीआरसीसँग ७० हजार डोज कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण तिब्र रुपमा बढेको र अझै जोखिम वढन सक्ने देखिएकोले तिलोत्तमा नगरपालिकाले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तराष्ट्रिय समिति आईसीआरसीसँग अनुरोध गरेको छ ।

नगरप्रमुख बासुदेव घिमिरेले आइसीआरसीका प्रमुखलाई पत्र लेख्दै कोरोना खोपको उपलब्धता र समन्वयको लागि अनुरोध गरेका हुन्। नगरपालिकामा कोरोना संक्रमण तिब्र रुपमा बढेको अझै जोखिम थपिन सक्ने भएकाले खोपको माग गरिएको पत्रमा उल्लेख छ ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले आईसीआसीसँग खोप उपलब्ध गराउन अनुरोध गरिएको बताउँदै खोप आउने आशा गरेको बताए । पत्रचारसँगै नगरपालिकाले विभिन्न माध्यमबाट आईसीआरसीका प्रतिनिधिहरु सम्पर्क गरिरहेको छ । उनले भने ‘उताबाट सकारात्मक प्रतिक्रिया आएको छ । पत्रमा नगरपालिकाको लागि ७० हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरिएको छ ।

तिलोत्तमा हालसम्म ५ हजार बढि संक्रमित भएका छन् । त्यस मध्ये ४ हजार २ सय निको भइसकेका छन्। कोरोना संक्रमणबाट नगरमा ८५ जनाले ज्यान गुमाइसकेका छन् । एक हजार जति अझै पनि आइसोलेसनमा रहेको तिलोत्तमा नगरपालिका को स्वास्थ्य शाखले जनाएको छ ।

सम्बन्धित शिर्षक :