रुपन्देहीका पत्रकारले फागुन २र ३ गते कोरोना बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ रुपन्देहीले आफना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाउन फागुन २ र ३ गते ब्यबस्था गरिएको  जनाएको छ ।

आज एक सुचना जारी गरि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले महासंघ रुपन्देहीका सदस्य तथा सक्रिय पत्रकारलाई आफुलाई पायक पर्ने ठाउमा कोरोना बिरुद्धको खोप लगाउने ब्यबस्था गरेको बताए।

रुपन्देही जिल्लामा ३ स्थान बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल ,भैरहवाको भिम अस्पताल र युसिएमएस भैरहवामा खोप लगाउने ब्यबस्था रहेको ले पत्रकार महासंघको कार्यलयमा सम्पर्क गर्न सुचना जारी गरिएको छ । अध्यक्ष यानेन्द्र जीसी सहितको टोलीले आबश्यक सम्मन्य गर्ने समेत सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :