लुम्बिनी अस्पतालका मेसु खनालद्धारा स्कुललाई २ लाखको अक्षयकोष

गाउँको बिद्यालयमा पढे पनि डाक्टर बन्न सक्छन भन्ने उत्प्रेणा दिन अक्षयकोष स्थापना गरेंं :डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर राजेन्द्र खनालले गुल्मी पिपलधाराको गणेश माध्यामिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन ।

धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारमा रहेको र आफुले सानो छँदा पढेको बिद्यालय गणेश माध्यामिक बिद्यालयमा पिता र काकाको नाममा अक्षयकोष स्थापना गरेका हुन् । डा. खनालले आफूले अक्षर चिनेको विद्यालय भएकोले सम्झना स्वरुप कोषको स्थापना गरेको बताउँदै गाउँको बिद्यालयमा पढेका पनि डाक्टर बन्न सक्छन् भन्ने उत्प्रेणा दिन सकियोस भन्ने उद्देश्यले कोषको स्थापना गरेको बताए ।

अक्षयकोष स्थापनापछि धुर्कोट गाउँपालिकाको केन्द्र बरबोटको अवलोकन गर्न आएका डा. खनालललाई धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अबिर टिकाले स्वागत गरे । डा. खनालले धुर्कोट गाउँपालिकाको विकास देखेपछि भने ‘प्रचार भन्दा बढी विकास भएको रहेछ, धुर्कोट त साँँच्चिकै नमुना नै रहेछ ।

अक्षयकोषको बार्षिक ब्याजबाट प्राप्त रकमले यो स्कूलबाट हरेक बर्ष १० कक्षा पास गर्ने जेहेन्दार तथा गरीब १ जना छात्र तथा १ जना छात्रा जो कक्षा ११ मा पनि यहीं स्कूलको प्लस २ मा अध्ययन गरिराखेका हुन्छन त्यसबाट छात्रवृत्ति प्रदान गरिने छ। उपयुक्त बिध्यार्थीको छनौट अक्षयकोष समितिबाट तोकिएको निश्चित मापदण्ड अनुसार गरिनेछ।

४ बर्षजतिको उमेरमा अक्षराम्भ गरेको स्कुलमा ३४ बर्ष प्रधान अध्यापक रही सेवा निबृत हुनुभएका आदरणीय गुरु चेतनाथ खनालज्यू लाई अभिनन्दन सम्मान गरेपछि बुवा घनश्याम खनाल तथा कान्छा बुवा केशौराज खनालको नाममा २ लाख रुपैयाँको अक्षय कोष राखेको खनालले बताए ।

श्रीमती लक्ष्मी ज्ञवाली खनाल, दुई सन्तान सहित गाउँ आएका डाक्टर खनालले १६ वर्ष पछि धुर्कोट कोटको दर्शन गरेको बताए । धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने डा. राजेन्द्र खनालको यो कार्यले गाउँमा पढेका बिद्यार्थीहरुलाई थप हौसला मिल्नेछ । उनले गाउँपालिका भित्र अध्ययन गरेका सबैले यस्तै माया देखाउने हो भने गाउँको विकासमा हौसला र उत्प्रेणा मिल्ने बताए ।

सम्बन्धित शिर्षक :