गुल्मीका चन्द्रकोट र मालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन

गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मिलाई सभाषद पन्थी र अध्यक्ष खत्रीको आग्रह

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दोण खत्रीले एक कार्यक्रमका बिच गाउँपालिकामा आरोग्य सेवा केन्द्र उदघाटन गरेका हुन।

उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले गाउँपालिकामा उदघाटन गरि संञ्चालनमा आएको नागरिक आरोग्य सेवा केन्दलाई आबश्यक सबै सहयोग गर्ने बताए। औषधी आबश्यक कर्मचारी लगायका सबै क्षेत्रमा सहयोग हुन्छ स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मिले पनि उपचार र औषधीमा कमि नहुने तरीकाले सेवा गर्नु पर्ने बताए । अध्यक्ष खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मिलाई आग्रह समेत गरे ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्चना शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाले गाउँ गाउँमा आएको आयुुर्वेद स्वास्थ्यलाई सबैले सहयोग गर्न आग्रह गरे । उदघाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी लगायको उपस्थित रहेको थियो ।

यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका मा पनि नागरिक आरोग्य सेवा केन्द्र उदघाटन भएको छ । प्रदेश सभाषद दिनेश पन्थीले उक्त नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै सभाषद पन्थीले जनताको स्वास्थ्य सेवा निशुल्क भएकोले सहज पहुच हुने तरिकाले सेवा दिनु पर्ने बताए । उनले आबश्यक सहयोगको लागी आफु सधै तयार रहेको वताए ।

मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्चना शुक्ला गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटा लगायतले बोल्दै आयुर्वेलाई सबैलेमाया गर्नु पर्ने बताए ।

सम्बन्धित शिर्षक :