बुटवलको नीति कार्यक्रम :विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार

स्वास्थ्यसमाचार/बुटवलले स्वास्थ्य, लाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियाली युक्त पर्यावरणको बस्न योग्य सहर बनाउने मूल ध्येय रहेको वताउनु भयो ।

स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४–४ महिनामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बा आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका लागि शिविरहरू सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।

बुटवलले यसअघिदेखि उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार, एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषण खर्चवापत २ हजार रुपैयाँ दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल ११ मा १ सय बेडको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने नीति अगाडि सारेको बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :