सैनामैनामा डेढ बर्षमा ९ सय आमाहरुले लिए निःशुल्क एम्बुलेन्स सेवा

अपाङ्गता दलित, विपन्न, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरीको लागि जिल्लाभर ,एम्बुलेन्स सेवा

स्वास्थ्यसमाचार/सुत्केरी हुने आमालाई नमुना कामको रूपमा रूपन्देहीको सैनामैना नगरपालिकाले ‘निःशुल्क एम्बुलेन्स सेवा’ प्रदान गरेको लामो समय भएको छ । नगरपालिकाले नगर कार्यपालिकाको बैठकबाट नै निर्णय गरेर निःशुल्क रूपमा सुत्केरी हुने आमाहरूको लागि निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गरिरहेको हो ।

सैनामैनाका ११ वटै वडाका कुनै पनि स्थानबाट सुत्केरी हुने आमाहरूको लागि अस्पतालमा लैजानेको लागि नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हो । नगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक बसन्तकुमार श्रेष्ठका अनुसार अघिल्लो आर्थिक बर्षमा ७०० जना आमाहरूले यो सेवा लिएका छन् ।

आर्थिक बर्ष २०८०/०८१ को माघ महिना सम्ममा २ सय १० जनाले सेवा लिएका हुन । सुत्केरी हुने आमाहरूको लागि घर देखि स्वाथ्य संस्था लैजाने, त्यहाँबाट यदी रिफर भएमा रिफर भएको अस्पतालसम्म लैजाने र त्यहाँबाट घरसम्म ल्याउने गरी सेवा प्रवाह निःशुल्क गरिएको हो ।

नगरपालिकाले २०७७ सालदेखि यो सेवा निःशुल्क रूपमा प्रवाह गर्दै आएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले नगरपालिकामा सुरुवात भएको निःशुल्क एम्बुलेन्स सेवाबाट सबैभन्दा राम्रो प्रतिक्रिया आएको बताउँछन् । उनले यो विषयमा आफूले विभिन्न स्थानमा जाँदा समेत महिला दिदी बहिनीहरूबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिए ।

उनले भने–‘यो कार्यक्रम सबैभन्दा बढि प्रभावकारी भएको छ जस्तो मलाई लागेको छ, हामीसँग दुई वटा एम्बुलेन्स छ, जसमा अहिले एउटा बाट मात्रै सेवा प्रवाह गर्दा समेत पर्याप्तता रहेको छ । सुत्केरी हुने महिलाहरूको लागि मात्रै नभएर जेष्ठ नागरिक, विपन्नता भएका समुदाय, बिपन्न दलित समुदायको लागि पनि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह कार्यक्रम रहेको नगर प्रमुख शर्माले जानकारी दिए ।

अहिले सम्म सबैभन्दा बढि सुत्केरी हुने आमाहरूको लागि प्रयोगमा आएको भएपनि यो सेवा अन्यको लागि पनि हो । जसमा जेष्ठ नागरिक, दलित, बिपन्न समुदायको लागि निःशुल्क सेवा प्रवाह गरिरहेका छौ । सैनामैना नगरपालिका निर्वाचित भएका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले पदभार ग्रहणको समयमा थप ७ वटा लक्षित समूहलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरी आफ्नो कार्यभार सम्हालेका थिए ।

२०७९ जेठ ९ गते नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति, दलित, विपन्न, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागू हुने गरि, सैनामैना नगरपालिकाको खर्चमा ३ निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय गरेका थिए ।

सम्बन्धित शिर्षक :