राष्ट्रिय कर्मचारी संगठन (निजामति) लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समिती द्धारा भेटघाट तथा चियापान

स्वास्थ्यसमाचार/अखिल नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिका अध्यक्ष अमिर राईको अध्यक्षता लुम्बिनी प्रदेशका पुर्ब समाजिक बिकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

कार्यक्रममा बोल्दै माओवादी लुम्बिनीका अध्यक्ष तथा पुर्ब सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बर्तमान स्वास्थ्य क्षेत्रको अबस्था कर्मचारीका समस्या तथा अब पार्टीले गर्न थालको कामका बारेमा जानकारी गराउनु भएको थियो।उहाँले अस्पताल बिकास तथा बिस्तारमा सबैसँग हातेमालो गरेर अघिबढनु पर्ने बताउनु भयो।

हामी समाजिक बिकास मन्त्री हुदा हामीले अस्पतालाई स्तरवृद्धि भबन उपकरण तथा कर्मचारी ब्यबस्थपनामा उल्लेखनीय भुमिका खेलेको र अब पनि अस्पतालाई अघि बढाउन पार्टी लागेको बताउनु भयो।उहाँले कर्मचारीहरुलाई समस्या भए पार्टी संगठन साथमा रहेको बताउनु भयो ।

चिया पान तथा भेटघाट कार्यक्रमले पुनर्ताजगी ल्याउने बताउनु भयो। कार्यक्रममा माओवादी रुपन्देही संयोजक निर्मल जिसी प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठ, खगिद्र बिक (सुजित) पुष्पराज ढकाल माधब बस्नेत ,पशुपति भन्डारी महेन्द्र भुसाल नगर अध्यक्ष बुटबल नगरपालिका, लुम्बिनी अस्पतालका पुर्ब मेसु डा कृष्ण खनाल अस्पतालका प्रमुख प्रशासकिय अधिकृत राजन केसी लगायतले वोल्नु भएको थियो।

कार्यक्रममा भिम अस्पतालका निर्वतमान मेसु डा शकुन्तला गुप्ता भाबना गौतम निजामति सचिब ईन्द्र राई सुजेन्द्र अर्याल, कृष्ण आर्चायले, उत्सव न्यौपाने शैलेन्द्र पन्थी जागेश्वर ढकाल,राजेन्द्र पौडेल,सरस्वती थापा,अथबर अलि शेख,रामप्रसाद गिरी हरिकृष्ण लामिछाने,सुनिल बोहोरा,सुपका चौधरी लगायतको सहभागी रहेको प्रदेश सदस्य पुष्पराज ढकाल(क्षितिज)ले बताउनु भयो।

सम्बन्धित शिर्षक :