जनस्वास्थ्य संघको केन्द्रीय तथा प्रादेशिक निर्वाचन वैशाख ८ गते हुने

स्वास्थ्यसमाचार /जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको निर्वाचन आगामी वैशाखमा हुने भएको छ।

संघका केन्द्रीय अध्यक्ष अध्यक्ष वसन्त अधिकारीका अनुसार केन्द्रीय समितिको बैठकको निर्णयले नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको जानकारी दिए।

उनले उक्त निर्वाचनमा सहभागी हुन चाहने जनस्वास्थ्यकर्मीहरुले आजीवन वा साधारण सदस्यता लिन तथा साधारण सदस्यता नविकरण २०८० फाल्गुन मसान्तसम्म गरिसक्नुपर्ने जानकारी दिए ।

सम्बन्धित शिर्षक :