रुपन्देहीका प्रहरी कर्मचारीलाई युसीएसएमले स्वास्थ्य सेवामा छुट दिने

स्वास्थ्यसमाचार/ जिल्ला प्रहरी कार्यालय रुपन्देही र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सीएमसी) बीच प्रहरी कर्मचारीलाई स्वास्थ्य उपचार सेवामा छुट दिने सहमति भएको छ ।

मंगलबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख (एस.पी.) भरत बहादुर वि.क. र एमबीबीएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।

रुपन्देही जिल्लामा कार्यरत बहालवाला प्रहरी कर्मचारी तथा उनीहरुसँग आश्रित परिवारका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा छुट दिने सम्झौतापत्रमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए ।

सीएएमसीले सामाजिक उत्तरदायित्व बहन गर्न तथा प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी हौसला प्रदान गर्न सुविधा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक के.सी.ले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.को अध्यक्षता, सीएमसी भैरहवाका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.को प्रमुख आतिथ्यता, एमबीबीएसका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. सदन मुखी र अस्पतालका प्रशासन संयोजक एवं क्याम्प कोअर्डिनेटर तेज के.सी.को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

के के हुन्छ छुट ?

१) बहालवाला प्रहरी कर्मचारीहरुको हकमा

क) साधारण बेड शुल्कमा ५०% छुट ।

ख) क्याविन/डिलक्स बेड चार्ज ३०% छुट ।

ग) सघन उपचार (ICU) बेड चार्जमा २०% छुट ।

घ) ल्याव परिक्षणमा ३०% छुट ।

ङ) रेडीयोलोजिकल परिक्षण (CT,MRLX-Ray, Mammography) मा २०% छुट ।

च) अप्रेशन शुल्क (औषधि र प्रत्यारोपण बाहेक मा २०% छुट |

छ) दाँत चिकित्सा सहित विषेश परिक्षण (औषधि र प्रत्यारोपण बाहेक) मा १०% छुट ।

ज) सामान्य दाँत परिक्षण र दाँत झिक्नेमा १००% छुट ।

झ) OMFS अप्रेशन/ अन्य Maxi facial procedures ( औषधि र प्रत्यारोपण बाहेक) मा २०% छुट ।

 २) आश्रित परिवारको  लागि

क) साधारण बेड शुल्कमा २५% छुट ।

ख) क्याबिन / डिलक्स बेड चार्ज १०% छुट ।

ग) सघन उपचार (ICU) बेड चार्जमा ५% छुट ।

घ) ल्याव परिक्षणमा १०% छुट ।

ङ) रेडियोलोजिकल परिक्षण (CT MRIX Ray Mammography) मा १०% छुट

च) अप्रेशन शुल्क (औषधि र प्रत्यारोपण बाहेक) मा १०% छुट ।

छ) दात चिकित्सा सहित विषेश परिक्षण (औषधी र प्रत्यारोपण बाहेक) मा १०% छुट ।

ज) सामान्य दाँत परिक्षण र दाँत झिक्नेमा ३०% छुट ।

सम्बन्धित शिर्षक :