लुम्बिनी प्रदेशमा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित भएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम उक्त कुरा बताईएको हो।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा कोटहीमाई,मर्चबारी र सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ।

सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा मुन्सी प्रसाद माझीको अध्यक्षता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्राईको प्रमुख आतिथ्य जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको स्वागतमा तथा वाटर हेडका मनोज नेपालको समन्यमा कार्यक्रम सुभारम्भ भएको थियो।

३ दिने कार्यक्रमको उदघाटनमा वोल्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्राईले मानबिय क्षमताको बिकासको लागी खोप तथा मानिसको स्वास्थ्यलाई सरसफाई प्रवर्द्धन कार्यक्रम महत्पुर्ण भएको बताउनु भयो। उहाले भौतिक बिकास भन्दा यो माबनिय क्षमताको बिकासकामा ठुलो चुनौति रहेको रहेको बताउनु भयो।

उहाले आगामी बर्षको लागी बनाउन लागीएको सुष्मयोजना तथा सरसफाई प्रवर्द्धन मर्चबारबाट सन्देशबाहक बन्ने बताउनु भयो। सदरमुकामबाट दुर्गम रहेका मर्चबारक्षेत्रका यि तिन पालिका पहिलेको भन्दा अहिले निकै स्वास्थ्य क्षेत्रमा निकै राम्रो भएको र अब पनि जिल्लामा अग्रह स्थानमा रहने गरि स्वास्थ्यशाखा र आफुहरु लागेको बताउनु भयो।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले लुम्बिनी प्रदेशमा अहिले पनि नियमिति खोपबाट १२ हजार बालवालिका खोपबाट बञ्चीत रहेको बताउनु भयो। जिल्ला पालिका पुर्ण खोपयुक्त भएपनि ८२ प्रतिशतमात्र पुर्ण रहेकोले सतप्रतिशत बनाउनको लागी सुस्मयोजना बनाएर अघि बढनु पर्ने बताउनु भयोे। खोपकेन्द्र बढेपनि खोप कभरेज घटने समस्या देखिएको ज्ञाबलीले बताउनु भयो।

अधिकृत ज्ञाबलीले अहिले बनाएका सुस्म योजना ले स्वास्थ्यक्षेत्रमा बर्षभरि गरिने भएकोले तथ्यपरक रुपमा बनाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह समेत गर्नु भयो। यो कार्यक्रम आर्थिक बर्षको सुरुवाताबाट गर्नु पर्नेमा केहि ढिला भएपनि राम्रो र प्रभाबकारी तरिकाले योजना बनाई आगामि बर्षको लागी खोपको क्षेत्रमा सहज हुने बताउनु भयो।

कार्यक्रममा खोप अधिकृत भेषराज शर्माले खोप सबै बालवालिकाले पाउने अधिकार हो । खोपबाट कुनैपनि बालवालिका बञ्चीत नहोउन आगीम बर्षको लागी योजना तर्जुमा गर्दा दीर्घकालीन सोचको परिदृश्य लक्ष्य, उद्देश्य, रणनीति, प्राथमिकता र भौतिक लक्ष्यसँग तादात्म्यता कायम रहनु पर्ने बताउनु भयो ।

उहाले अहिले बनाएका योजनाले दिगोविकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्ने बताउनु भयो। उहाले खोप स्वास्थ्य सरसफाई आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको बताउनु भयो।

राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरि आगामी आर्थिक बर्षको लागी जिल्लामा के कति खोप आबश्यकता पर्छ पालिमा कस्तो छ अबस्था र खोपको बारेमा सुर्धानु पर्ने बारे ३ दिन सम्म छलफल गरि कार्ययोजना बनाउने बताउनु भयो।

वाटरहेड नेपालका गुणस्तर अनुगमन अधिकृत मनोज नेपालले खोपको साथसाथै सरसफाईमा बढि ध्यान दिनु पर्ने बताउनु भयो। उहाले खोपबाट ३० प्रतिशत सुरक्षित बच्चा हुन्छन भने सरसफाईवाट ७० प्रतिशत रहेने भएकोले सरसफाई प्रवर्द्धनमा ध्यान दिनसबैलाई आग्रह गर्नु भयो।

कार्यक्रम अध्यक्ष एबं सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले छुटेकालाई समेटन र खोपको दिगोपनलाई सुनिश्चत गर्न यो सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन कार्यक्रम प्रभाबकारी हुने बताउनु भयो।

 

उहाले कुनैपनि बच्चा खोप र सरसफाई प्रवर्द्धनमा नछुटनको लागी लाग्न स्वास्थ्यकर्मीहरु संग आग्रह गर्नु भयो। पहिलेको जस्तो अबस्था नभएको बताउदै स्वास्थ्यमा मर्चबार क्षेत्रमा ठुलो फडको मारेको र यो कार्यलाई निरन्तरता दिने स्वास्थ्य प्रमुख माझीले बताउनु भयो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका कोल्ड चेन निरीक्षक शुरेन्द्र द्धबेदी लगायतको सहभागीता रहेको थियो । तिन दिने कार्यक्रममा खोप अधिकृतहरुले सहजीकरण गर्नु हुने भएको छ। बैसाख ३० गते सम्म जिल्लाका सबै पालिकामा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन कार्यक्रम सकिने खोप अधिकृत ज्ञाबलीले बताउनु भयो।

सम्बन्धित शिर्षक :