शुद्धोधन गाउँपालिकामा पूर्ण खोप दिगोपना सम्बन्धि अभिमुखीकरण

नगेन्द्र केसी

स्वास्थ्यसमाचार/ रुपन्देही रुपन्देहीको शुद्धाेधन गाउँपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजनामा नियमित खोप सुदृढीकरण पूर्ण खोपसुनिश्चितता दिगोपनकाे लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम एक समारोहबीच सोमबार गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएको छ।

शुद्धाेधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा शुद्धाेधन स्वास्थ्य शाखाका प्रमुख समीर भण्डारीले कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्दै आगामि कार्ययोजना प्रस्तुत गर्दै पालिकाको अहिलेसम्मको स्वास्थ्य अबस्था बारे जानकारी गराउनुभएको थियो।

साे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले खोप कार्यक्रमको महत्व, नियमित खोप मार्फत सरसफाई प्रबद्र्धन कार्यक्रमको निरन्तरताका लागि खोपको औचित्य तथा प्रभावकारीतामा हरेक स्थानिय तहले सकृय भुमिका खेल्नु पर्ने बताउनुभयो।

उक्त अभिमुखिकरण कार्यक्रममा शिशै आधारभूत स्वास्थ्य चौकका प्रमुख गोमादेवी ढुंगाना,ख,बनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोख्रेल,मोतीपुर प्रा,स्वा,के,हे,अ,का प्रमुख अर्जुन भण्डारी,मानपकडी स्वास्थ्य चौकीका प्रमुख कविराज गौतम,मानमटेरिया स्वास्थ्य चौकीका प्रमुख सुमेन्द्र राज जोशीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।साे कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख,सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू,विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सि,अ,न,मी,छैठौं बविता न्यौपानेले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :