मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ फर्किए प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको २ पटक हेमोडायलासिस गरिएको थियो ।प्रधानमन्त्रीको रगतमा क्रियटिनको मात्रा उच्च भएकोले दुई पटक हेमोडायलाइसिस गरिएको हो।

मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । मिर्गौला डायलासिस प्रक्रिया थालिएपछि नियमित रुपमा सातामा तीनपटक डायलासिस गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञ बताउँछन् ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ।

सम्बन्धित शिर्षक :