भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहने

स्वास्थ्यसमाचार/ भोली (आइतबार)मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएका छन्। नेपाल चिकित्सक संघले आज क विज्ञप्ति जारी गर्दै उक्त निर्णय गर्न बाध्य भएको जनाएको छ। संघका अध्यक्ष डा लोचन कार्की तथा महासचिव डा बद्री रिजालले संयुक्त रूपमा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, “माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ” भनिएको छ। त्यसैगरी विज्ञप्तीमा भनिएको छ…