द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाद्वारा बुटवलमा रक्तदान

स्वास्थ्यसमाचार/  द श्री फाउन्डेसन आईएनसी, न्यूयोर्क अमेरिकाको आयोजनामा बुटवलमा रक्तदान भएको छ । लायन्स क्लव अफ काठमाडौं शालिग्राम, मैनादेवी फाउन्डेशन रुपन्देही, स्वयंसेवी रक्तदाता समाज बुटवललगाएतको सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३१ जनाले सहभागिता जनाएका हुन् । द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाका अध्यक्ष पुरुषोत्तम पन्थीका अनुसार सो संस्थाले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा, बाल सुरक्षा, युवा शसक्तिकरण, शिक्षा तथा वातावरण सुधारको क्षेत्रमा कार्य गर्दै आएको छ । अमेरिका र नेपाल लगाएत बिभिन्न मुलुकमा सामाजिक सेवा गर्दै आएको सो संस्थाले अन्तर्राष्ट्रिय स्तरमा सामाजिक कार्यहरु गर्नका लागि ईजाजत समेत प्राप्त गरिसकेको अध्यक्ष पन्थीले जानकारी…