रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य प्रशिक्षण

स्वास्थ्यसमाचार/ प्रतिमान निमा फाउन्डेसनले रुपन्देहीको रोहिणी गाँउपालिका भित्रका स्वास्थयकर्मीहरुलाई फ्रन्टलाईन कामदारको लागि उपचार, शिक्षा, लचिलोपन र अवसरमा मानसिक स्वास्थ्य प्रशिक्षण दिएको छ ।

जिल्लाका ४ बटा पालिकाका स्वास्थयकर्मीलाई तालिम दिने गरी शुरु गरिएको कार्यक्रम अन्तरगत पहिलो चरणमा रोहिणि गाँउपालिकाका ७० जना स्वास्थयकर्मीलाई तालिम दिन लागिएको फाउन्डेसनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिईन ।

रोहिणीमा बुधबार ३७ जना र बिहिबार ३५ जना गरी ७० जनालाई तालिम दिन लागिएको उनले जानकाी दिईन ।४ बटा पालिकाका २८० जनालाई दिएपछि तालिम लिएका स्वास्थ्यकर्मीले थप १४०० जनालाई तालिम दिने उनको भनाई छ ।

रोहिणी पछि ओमसतिया गाँउपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मीलाई पनि तालिम दिईने सस्थाका निर्देशक धर्मबहादुर केसीले जानकारी दिए ।प्रोजेक्ट होप र न्युवर्क अस्पतालको सहकार्यमा तालिम सञ्चालन गरिएको निर्देशक केसीले जानकारी दिए ।

तालिममा यती हेल्थ साईन्स एकेडेमीकी एसोसिएट प्रोफेसर एलिसा रिजालले प्रशिक्षण दिएकी छन् । उनले कोभिड १९ पछि मानिसमा परेको शारिरिक, मानसिक असरका बारेमा तथा त्यसबाट कसरी मुक्त गराउने भन्ने बिषयमा प्रशिक्षण दिने बताईन ।

प्रतिमानले यस अघि ७ वटै प्रदेशमा १० हजार बढीलाई तालिम प्रदान गरेको थियो भने ८ करोड बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।कार्यक्रममा रोहिणी गाँउपालिकाका अध्यक्ष बिद्याप्र्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशाशकिय अधिकृत पर्शुराम पोखरेल लगाएतले बोल्दै प्रतिमान निमाले स्वास्थ्यका क्षेत्रमा थुप्रै उदाहरणिय काम गरेको बताए ।

सम्बन्धित शिर्षक :