आयुर्बेद चिकित्सालाई सरकारले वास्ता नगर्दा व्यवसाय धरापमा

नेपालमा आयुर्वेदबाट आर्थिक समृद्धि सम्भावना छ: नगर प्रमुख पान्डेय

रीमा विसी

स्वास्थ्यसमाचार/ आधुनिक प्रविधिसँगै गुणस्तरमा जोड दिन सकेमा आयुर्वेद चिकित्साको महत्व अझै बढेर जाने सरोकार वालाहरु ले बताएका छन् ।नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीले साउन २१ गते बुटवलमा आयोजना गरेको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा सहभागी सरोकारवाला हरुले यस्तो कुरा बताएका हुन् ।

नेपालमा आयुर्वेदिक चिकित्सा आर्थिक समृद्धिको सम्भावना रहेको भएपनि आयुर्वेद चिकित्सालाई राज्यले पवद्र्धन गर्न नसक्दा संविधानले गरेको व्यवस्था समेत कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेकाछन् ।कार्यक्रमका प्रमुख अतिथि बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आयुर्वेदिक औषधीको महत्व, आवश्यकता र प्रभावकारिताका विषयमा कोभिडको संक्रमणबढेसँगै बढी लाभदायक भएको सन्देश जनमानसमा पुगेको बताउनुभयो ।

नगरप्रमुख पाण्डेले आयुर्वेद क्षेत्रमा धेरै जन गुनासाहरु आएको भए पनि यसमा प्रचुर मात्रामा संभावना रहेकोले यसको उत्पादनमा आधुनिकरण गर्दे गुणस्तरीय ता लाई व्यवस्थापन गर्दे लैजान सके यस क्षेत्रले अझ बढी फड्को मार्ने बताउदै यसको प्रवद्र्धनका लागि प्रदेश सरकार, औषधी व्यवसायी संघहरुसँग समन्वय गरी अगाडी बढन बुटवल उपमहानगरपालिका तयार भएको बताउनुभयो ।

प्रदेश सरकारसँग समन्वय गरेर औषधी उत्पादनगर्ने, सामुदायिक बनहरुसँग समन्वय गरी एक सामुदायिक वन एक जढिबुटी उत्पादन केन्द्रका रुपमा विकास गर्दे लैजाने नगर प्रमुख पाण्डले बताउनुभयो ।

कार्यक्रममा नेपाल आयुर्वेद औषधीब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष डा.दिपक कुमार (डा.डि.के धिताल)धितालले विश्वको सबैभन्दा पुरानो ऋषिमुनीबाट सुरु गरिएको उपचारविधि आयुर्वेद चिकित्सा विधिभएको बताउदै ब्यवसायिक हकहितका लक्ष्य र उदेश्यका साथ एकत्रित हुँदैे आर्युवेदिक पेशालाई मर्यादित र गुणस्तरीय बनाउदै अगाडी बढिरहेको बताउनुभयो ।

डा.धितालले तत्कालिन समयमा पनि ८ भागमा विशेषज्ञ रुपमा बाडिएको दाबी गर्दे स्थानीय पालिकाबाट स्थान उपलब्ध गराएको खण्डमा निःशुल्क स्वस्थ्य शिविर, सहुलीयत दरमा औषधि उपलब्ध गराउने सम्मको कार्य गर्ने योजना आफूहरुको रहेको बताउनुभयो ।एकतिर आयुर्वेदिक विज्ञ बिना सेवा र औषधि वितरण गरिँदा जसले यही विषयमा पढेको छ लगानी गरेको छ यसको महत्व घटेकोमा आफुहरु निराश हुनुपरेको बताउनुभयो ।

आर्युवेदिक औषधिको विषयमा गरिएको सस्तो प्रचार भन्दा पनि यसको गुणस्तरमा औषधि व्यवसायी,उत्पादक र सरकार गरि तीनै पक्ष सज गहुनु पर्ने बताउदै आयुर्वेद मन्त्रालय वनाउन सरकारसँग माग गर्नुभयो ।उहाँले नेपालीऔषधि र आयुर्वेद चिकित्सा विधिको विकासमा जोड दिदैं नेपाललाई जडिबुटीको हवका रुपमा विश्वमा चिनाउन सकिने भएकोले सो विषयमा संवेदन शिलहुन सम्बन्धित सरोकारवालाहरु लाई आग्रह गर्नुभयो ।

बजारमा डिपाटैमेण्टल स्टोर र किराना पसलमा पनि औषधी राख्दा आयुर्वेद क्षेत्रका चिकित्सकहरुले बेला बेलामा विभिन्न आरोपहरु खेप्नुपरेकाले सरकारले त्यस्ता व्यापारीहरुलाई कारवाहीगर्नुपर्ने व्यवसायीहरुको माग रहेको छ ।कार्यक्रममा लुम्बिनीप्रदेश स्वस्थ्यमन्त्रालयका कन्सल्ट्यान्ट (प्रवक्ता) डा.पुष्पराज पौडेलले कोभिड१९ संक्रमण आयुर्वेद पद्धति एउटा अवसरका रुपमा देखिएकोले । पछिल्लो समय ७० प्रतिशत नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दा यो ठूलो समस्याका रुपमा देखापर्दै आएको बताउनुभयो ।

आयुर्वेदले उपचार मात्र नभई स्वस्थ्य जिवनशैलीलाई जोड दिने, स्थानीय तह सम्म नागरिकको पहुँचमा पुग्ने गरि आरोग्य उपचारलाई लग्दै गएको उनले बताउदै । आयुर्वेदको सहि उपचार पद्धति आमनागरिकको पहुँचमा पुग्नन सकेको भन्दै यो क्षेत्र मालागेकाहरुमा नैतिकता र मानवताका साथबफादार बन्नुपर्ने सुझावदिनुभयो ।

कार्यक्रममा नेपाल औषधीब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिवज्ञवालीले नेपालमा आयुर्वेद औषधीको संभावना बोकेको भए पनि राज्यले यसको प्रवद्र्धन गर्न नसक्दा ओझेलमा परेको भन्दै आयुवेर्दिक औषधीको महत्वलाई चिन्नन सक्दा समस्या भएको बताउनुभयो ।परम्परागत ढंगबाट मात्रनभई आधुनिक प्रविधिसँग आयुर्वेदलाई जोडेर लैजान सकेमा जनशक्ति र दक्षता अभिवृद्धिका साथै जडिबुटीलाई स्वदेशमा नै प्रशोधनगर्न सके थपआर्थिक सफलता प्राप्तगर्न सकिने बताउनुभयो ।

प्राचिनकाल देखि आफ्नो र समुदाय, राष्ट्रप्रति समर्पित भएर परम्परा पद्धति आयुर्वेदीक पद्धतिहो । बिस २०५९ सालमा उद्घवपौडेलको अधयक्षतामा स्थापनाभएको हो । स्थापनाको लामो समयमा पनि संस्थागत रुपमागति लिन ननसकेको बेला पछिल्लो ३ वर्षअघि पुनः यो संस्थालाई थप नया रुपमा अघिबढाएको उनले बताए । कोभिड १९ संक्रमणकै कारण थप कठिनाई भोगेको संस्थाअबभने ब्यवसायिक र सामाजिक कार्यमा अघिबढ्ने बताए ।

नेपाल औषधिउत्पादक संघ केन्द्रका उपाध्यक्ष चन्दकान्त खनालले औषधीमा भ्याट नलाग्ने भन्दै यसलाई प्रोत्साहन गर्न यसको निगरानी र ल्याब टेष्ट नियमितहुने भएकाले पनि नेपाली औषधीगुणस्तरिय हुने बताउनुभयो ।लुम्बिनी जडिबुटीको हबका रुप माविकास भैरहेको भन्दै यो सबैभन्दा पुरानो र भरपर्दो उपचार विधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जगनाथ गिरि,व्यवसायी झविन्द्र पौडेल,लुम्बिनीप्रदेश अध्यक्ष देव बहादुर बस्नेत,स्वास्थ्यकर्मी समाजका अध्यक्ष यमलालभट्टराई, संस्थाका संस्थापक अध्यक्ष उद्दव गौतम, रुपन्देहीका अध्यक्ष सुरज भट्टराई लगायतले आयुर्वेद सम्बन्धिनी तिगत रुपमा नै कमजोरीहरु रहेको भन्दै आयुर्वेदलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

करीब ३१ जनाबाट शुरु भएर संस्थामा अहिले ५५ जनाआवद्ध रहेकाछन् । नेपालमा पाईने जडिबुटीहरुको अध्ययन, अनुसन्धानगरि उपयोगमा ल्याउने गरि सरकारले काम अघिबढाउने पर्ने सुझावदिए । आयुर्वेदिक औषधिकरिब ६० प्रतिशत नेपालमा उत्पादनहुँदै आएको छ ।

कार्यक्रमको अध्यक्षता नेपाल आयुवेर्दिक अषधीव्यवसायी संघ रुपन्देहीका अध्यक्ष डा. दिपक ढकालको अध्यक्षता सचिव शालिकराम भुसाल र उपाध्यक्ष कृष्ण केसीले गर्नुभएको थियो ।अधिवेशनले आजै ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

सम्बन्धित शिर्षक :