युवा चिकित्सक संघ नेपाल प्रदेश न ५को अध्यक्षमा डा पोखरेल

स्वास्थ्यसमाचार /युवा चिकित्सक संघ नेपाल प्रदेश न ५ को समिती गठन भएको छ । युवा चिकित्सकहरुको भेलाले डा दीपेन्द्र पोखरेलको नेतृत्वमा प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा डा बसन्त राज न्यौपाने , महासचिबमा डा अशोक धिताल ,सहसचिबमा डा शुशील पोखरेल , कोषाध्यक्षमा डा दुर्गा खत्री र सदस्यहरुमा डा सन्दीप पौडेल , डा एलिसा सिंह , डा बिनु पाण्डे , डा कमला थापा ,डा प्रविना राना सर्वसम्मत चयन भएका छन।

संघले चिकित्सकको हक अधिकार ,गुणस्तरीय स्वास्थ्य सेवा , स्वास्थ्य सम्बन्धी जनचेतना लगायतका कार्यमा निरन्तर लागिरहने अध्यक्ष्य डा पोखरेलले वताए ।

सम्बन्धित शिर्षक :