सधै राजनिति दलको चुनाबी नारा बन्यो अर्घाखाँचीको स्वास्थ्य क्षेत्र

वीरेन्द्र केसी अर्घाखाँची / पहिलो संविधानसभा चुनावमा टोपबहादुर रायमाझीले मतदातासँग सन्धिखर्क अस्पताललाई ५० शय्याको बनाउने वाचा गरेका थिए । त्यसयता तीनपटक लगातार चुनाव जितेर पटक–पटक मन्त्री भए । मंसिर ४ मा हुने चुनावमा उनी चौथोपटक प्रतिनिधिसभा सदस्यमा भिड्दैछन् । एक वर्षअघि लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भन्ने प्रस्ताव गरेको छ । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै छन् । प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सचिव रायमाझी, प्रदेशसभा (१) बाट केन्द्रीय सदस्य चेतनारायण आचार्य र (२) मा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे उम्मेदवार छन् । २०७४ को चुनाव जितेका…