थाइराइड के हो किन हुन्छ, यसवाट कसरी बच्ने ?

स्वास्थ्यसमाचार/शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । ती ग्रन्थिमध्ये घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यो ग्रन्थिलाई थाइराइड भनिन्छ ।

यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनले हाम्रो शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छन् ।थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ ।

हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपोथाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ ।

थाइराइडका लक्षण हरु

-हर्मोन कम हुँदा र बढी हुँदाफरक–फरक लक्षण देखिन्छ ।
-हर्मोन कम हुँदा ।
-शरीर गल्ने  ,आलस्य हुने ,थकान हुने ।
-महिलामा महिनावारी गडबड हुने ।
-शरीरमा अत्यधिक मात्रामा बोसो बढ्ने ।
-हाइट नबढ्ने समस्या हुन सक्छ ।
-कपाल झर्ने ।
-जिउ सुन्निने, फुलिने । घाँटी सुन्निने ।
बढी हुँदा
-हातखुट्टा काम्ने ।
-चिटचिट पसिना आउने ।
-वजन कम हुँदै जाने ।
-तौल घट्दै जाने ।
-शरीर तातो हुने ।
-निद्रा नलाग्ने ।
-मुटुको धड्कन बढेजस्तो हुने ।

थाइराइड कारण
थाइराइड जटिल र डराउनुपर्ने खालको समस्या होइन । यो धेरै कारणले हुन्छ । हर्मोनको कमीले गर्दा हाइपोथाइराइड देखिने समस्या बढी हुन्छ । आयोडिनको कमीले पनि यस्तो हुने गर्छ । अटो इम्युनको कारणले गर्दा पनि हुन्छ ।

कसरी बच्ने ?

थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । थाइराइड नराम्रो अवस्थामा छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । त्यसैले थाइराइड भए–नभएको जाँच गर्नुपर्छ । समस्या भएको छ भने नियमित औषधि सेवन गर्नुपर्छ ।

-जीवनशैलीमा परिवर्तन गर्ने,
-चिल्लो कम खाने गर्नुपर्छ ।
-स्वस्थकर खाना खाने गर्नुपर्छ ।
-तनाव लिनुहुँदैन ।
-नियमित व्यायाम गर्नुपर्छ ।

सम्बन्धित शिर्षक :