स्वास्थ्यसमाचार / नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो। भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए। थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उनले बताए। ‘३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि…
समाचार
बुटवल उवासंघद्धारा आम्दाको कोभिड केयर युनिटमा आईसीयुका उपकरण प्रदान
स्वास्थ्यसमाचार / बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले आवश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ । अस्पताल र संघ दुबै पक्षको सहमति अनुसार आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर गरि समझदारी पत्र आदानप्रदान समेत गरिएको छ । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष उज्ज्वलप्रसाद कसजू र साक्षिको रुपमा महासचिव बिमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्रप्रसाद बस्याल र साक्षिको रुपमा प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गरे । सोही अनुसार संघले मंगलबार…
समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास असम्भव :अध्यक्ष भन्डारी
स्वास्थ्यसमाचार / भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै भण्डारीले अस्पतालको विकासका लागि सबैसंग हातेमालो गर्दैै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने वताए् । उनले समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले सल्लाह–सुझाव, सहकार्य र सहभागितामा नै आफू अगाडी बढ्ने बताए । कोभिड–१९ को विषम परिस्थितिमा अक्सिजनको अभाव भएकोले अस्पतालमा अक्सिजन प्लान्ट लगाउने अभियान चलाउन आवश्यक रहेको बताए । ‘अस्पताल भित्रै कोभिडका बिरामीहरुको उपचार भइरहेको छ, बाहिर रहेका बिरामीलाई पनि भित्रै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने । सकभर बिरामीलाई…
प्रदेश प्रयोगशाला रोकिएको ५ हजार स्वाव परिक्षण सुरु
स्वास्थ्यसमाचार /प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिगत १ हप्तादेखी कोरोना भाईरस होकि होईन भनेर स्वाव संगलन गरि जम्मा भएको ५ हजार जनाको स्वाव आजबाट परिक्षण हुन सुरु भएको छ । मेसीमा आएको समस्या र नयाँ अटोमेसीन जडानको कारणले स्वाव परिक्षणमा ढिला भएको प्रदेश जनस्वास्थ्य प्रयोशलाका निमित्त निर्देशक बरिष्ठ जनस्वास्थ प्रशासक रोशनलाल चौधरीले बताए ।भैरहवाको गहुवालीभित्र रहेको उक्त प्रयोगशालामा ११ जिल्लाका करिब ५ हजार जनाको स्वाव जम्मा भएको छ । निमित्त निर्देशक चौधरीले भने पुरानो मेसीनमा परिक्षण गर्दा केहि समस्या आएकोले त्यो मेसीन र्सेबिसंग र नयाँ अटोमेसीन जडान गर्न समय लागेकोले बिगत…
लुम्बिनी प्रादेशिक अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार वैशाख २८ गते भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको हो । यस्तै, जेठ २ गते भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२ः०४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । यस्तै, जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५…
लुम्बिनी प्रादेशिक अस्पतालमा १६ संक्रमित गर्भवतीको सल्यक्रिया
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा १६ जना कोरोना संक्रमित महिलाले सल्यक्रियाबाट बच्चा जन्माएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालमा २४ जना संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये १६ जनाले सल्यक्रियाबाट बच्चा जन्माएका हुन् भने ८ जनाको नर्मल डेलीभरी भएको हो । त्यस बाहेक गर्भाअवस्थासँग सम्बन्धीत अन्य समस्या गर्भपतन, रक्तश्राप लगायत भएर आएका चार जना रहेका छन्। रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै कोरोना संक्रमित गर्भवत्तीको शल्यक्रिया हुने गरेको छ । अस्पतालले कोभिड संक्रमित महिलाको प्रस्तुतिको लागि छ्ट्टै व्यवस्था गरेको सुचना अधिकारी गौतमले बताए ।…
रोहिणी गाउँपालिकाद्धारा भिम अस्पताललाई ५ लाख रुपैया सहयोग
स्वास्थ्यसमाचार/ रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैया सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाको चेक भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्तालाई प्रदान गरेका छन् । चेक बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानिय तह लगायत अन्य संघ संस्थाहरुका सहयोग आवश्यक रहेको बताईन । कोभिडको यो महामारीको समयमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताईन । उनले समयमै सरकारी बजेट आई नपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भई रहेको बताईन । यस्तो अवश्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपूर्ण रहेको…
रुपन्देहीमा ५ सय ७५ निको ३ सय ९४ नयाँ संक्रमित ६ को मृत्यु
स्वास्थ्यसमाचार/ रुपन्देहीमा ६ सय ८ नमुना परीक्षण गर्दा ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । १३ सय २५ एन्टिजेन परीक्षण गर्दा ३ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो । रुपन्देहीमा बिगत २ दिन देखी संक्रमितको संख्या घट्दै गएको देखीएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा १ सय ६६ जना, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ जना तथा कञ्जनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । ओमसतिया गाउँपालिकामा १० पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष…
गाँस कटाएर पठाए खाडीका श्रमिकले ५ सय बढी अक्सिजन सिलिन्डर
काठमाडौँ / आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’ नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना…
भिम अस्पतालमा बेसार,ज्वानो पानी, चिया र अण्डा वितरण शुरु
स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धाथनगर नगर कमिटि रुपन्देहीले कोरोनाको संक्रमण भएर भिम अस्पतालमा रहेका विरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरेको छ । शनिवारबाट शुरु गरिएको वितरण कार्यक्रमलाई केहि दिनसम्म निरन्तरता दिने माओवादी केन्द नगर कमिटिले जानकारी दिएको छ । दिनको तिन पटक विहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन…