लुम्बिनी प्रदेशस्तरीय स्वास्थ्य समिक्षा :रुपन्देही प्रथम,बर्दिया दोश्रो,प्युठान तेश्रो

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यालयहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ। आर्थिक बर्ष २०७८/७९को वार्षिक समिक्षा सम्पन्न भएको छ।

 

तिन दिनदेखी दाडको भालुवामा भएको समिक्षामा रुपन्देही जिल्ला स्वास्थ्य कार्यलय प्रथम भएको छ । प्रदेशमा रहेका १२ बटा स्वास्थ्य कार्यलय मध्येबाट रुपन्देही प्रथम भएकोहो। त्यस्तै बर्दिया दोश्रो भएको छ। प्युठान तेश्रो,नबलपरासी पश्चिम चौथो गुल्मी पाँचौ,रोल्पा छैठौ,कपिलबस्तु सातौ,पाल्पा आठौ,दाड नबौ,अर्घाखाची दसौ,वाके एघारौ र रुकुम पुर्व वाह्रौ भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ।

स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिब डा बिकास देबकोटाले बिभिन्न मापदन्डका आधारमा बनाएर मुल्याकन गरिएको बताए। कार्यक्रममा २०७८/७९को बार्षक समिक्षा र आगामि बर्षको कार्यक्रमको बारेमा छलफल गरिकार्ययोजना बनाईएको स्वास्थ्यमन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक :