खानपान र व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बचिन्छ :डा गौतम

स्वास्थ्यसमाचार/  गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले आफ्नो जिवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए।

विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामुलक ¥यालीको समापनमा बोल्दै डा गौतमले पछिल्लो समय नेपालमा मुटुरोगीहरुको संख्या बढ्दै गएको भन्दै धुम्रपान मुटुरोगको मुख्य कारण बन्दै गएको उल्लेख गरे ।

डा.  गौतमले  धुम्रपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोंसो लगायतको सेवनलाई रोक्न सके मुटुरोग लाग्नबाट जोगिन सकिने बताए।

¥यालीको समापनमा वोल्दै अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तिमा एकपटक भएपनि स्वास्थ्य परिक्षण गरी भविश्यमा हुन सक्ने स्वास्थ्य समस्याबाट सचेत बन्न आग्रह गरे।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको ¥यालीमा रुपन्देहीका विभिन्न रोटरी तथा रोट्¥याक्ट क्लब तथा सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको थियो।¥याली राजमार्ग चौराह, मिलनचोक हुंदै नयां बसपार्क पुगेरसमापन गरिएको थियो।

सम्बन्धित शिर्षक :